मुलुकको सामाजिक आर्थिक विकासमा युवाहरूको भूमिका महत्त्वपूर्ण : राष्ट्रपति

२७ साउन ७८, बिहीबार

२८ साउन, काठमाडौँ ।

‘खाद्य प्रणालीमा रुपान्तरणः मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ अन्तर्राष्ट्रिय युवा दिवस’ आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ ।

२२औँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा भर्चुअल माध्यमबाट आयोजना गरिएको विशेष कार्यक्रममा श्रव्य दृश्य सन्देश दिँदै राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको सामाजिक आर्थिक विकासमा युवाहरूको भूमिका महत्त्वपूर्ण हुने बताइन्।

राष्ट्रपति भण्डारीले युवा शक्ति देशको शक्ति हो भन्नुहुँदै युवा जनशक्ति बेरोजगार हुँदा मुलुकको समग्र सामाजिक आर्थिक प्रणाली नै अवरुद्ध हुन पुग्ने बताइन्।

उनले मुलुकको सामाजिक आर्थिक मुद्दासँग जलवायु परिवर्तनको मुद्दा प्रत्यक्ष रुपमा जोडिएको र जलवायु परिवर्तनको उच्च जोखिममा नेपाल पनि परेको भन्दै जलवायु परिवर्तनका असर न्यूनीकरण गर्न युवा समुदायले विशेष पहल लिनु पर्ने बताइन् ।

राष्ट्रपति भण्डारीले उच्च व्यापार घाटालाई न्यूनीकरण गर्न युवालाई कृषि क्रान्तिमा सामेल गराउनुपर्नेमा जोड दिँदै मानव स्वास्थ्य सुरक्षाका लागि खाद्य उत्पादनमा रूपान्तरण आवश्यक रहेको बताइन् ।

उनले दिगो विकासका लक्ष्य हासिल गर्न स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गरी युवालाई उत्पादनसँग जोड्नु पर्नेमा जोड दिइन् ।

कोभिड–१९ ले मानव स्वास्थ्यमा चुनौती थपेको र यसले कृषि प्रणालीमा समेत प्रतिकुलता थपेको अवस्थामा युवाहरू नविन सोचका साथ खाद्य प्रणालीमा रूपान्तरण तथा वातावरण संरक्षणमा लाग्नु पर्नेमा राष्ट्रपति भण्डारीले जोड समेत दिइन् ।

कार्यक्रममा लिखित सन्देश पठाउँदै प्रधानमन्त्री शेरबहादुर देउवाले समुन्नत नेपाल बनाउने सरकारको योजनामा हातेमालो गर्न युवाहरूलाई आग्रह गरेका छन् ।

राष्ट्रिय युवा परिषद्को अध्यक्ष समेत रहेका प्रधानमन्त्री देउवाले युवाहरूलाई सृजनशील बनाउन सरकार प्रतिबद्ध रहेको भन्दै राज्यका हरेक गतिविधिमा जोडिन पनि युवाहरूलाई आग्रह गरे ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष माधव ढुङ्गेलले उद्यमशीलताको विकास गरी युवाहरूलाई जोड्दै लैजान सबैको हातेमालो आवश्यक रहेको बताए ।

युवाका सवाललाई सम्बोधन गर्ने उद्देश्य संयुक्त राष्ट्रसङ्घले सन् १९९९ देखि हरेक वर्षको अगस्ट १२ लाई अन्तर्राष्ट्रिय युवा दिवसका रूपमा मनाउने निर्णय गरेसँगै सन् २००० देखि नियमित रूपमा विश्वभर युवा दिवसका सन्दर्भमा विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवासँग काम गर्ने सङ्घसंस्थाको अगुवाइमा पहिलो पटक सन् २००४ देखि यो दिवस मनाउन थालिएको हो ।
सरकारी रुपमा परिषद्को अगुवाइमा २०७३ सालदेखि मनाउन थालेको हो ।

युवाका मुद्दालाई सम्बोधन गर्न नेपालमा युवा विकास तथा परिचालनका लागि २०६५ मा सरकारले युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा नीति, २०७२ मा युवा विकासका व्यापक विषय वस्तुलाई नीतिगत रूपमा समावेश गरेको छ ।

सरकारले २०७२ मा राष्ट्रिय युवा परिषद् गठन गर्दै युवाको नेतृत्व विकासमा काम गर्दै आइरहेको छ । नेपालमा कूल जनसङ्ख्याको ४०.३ प्रतिशत युवा रहेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top