अफगानिस्तानबाट नेपालीको तत्काल उद्धार गर्न सांसद अधिकारीको माग

२८ साउन, काठमाडौं ।

पूर्वगृहमन्त्री एवम् नेकपा एमालेका सांसद् खगराज अधिकारीले अफगानिस्तानमा युद्धका कारण फसेका नेपालीको तत्काल सुरक्षित रूपमा उद्धार गर्न सरकारसँग माग गरेका छन् ।

बिहीबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले नेपालीको उद्धार नगरेसम्म सरकारलाई सदनमा काम गर्न नदिने चेतावनी दिए ।

उनले भने ‘अफगानिस्तानमा नेपालीहरू आर्तनाद गरिरहेका छन्, ती नेपालीहरूलाई ल्याउने काम यो सरकारले गर्छ कि गर्दैन ? नेपालीको जीउज्यानको सुरक्षा गर्न सक्छ कि सक्दैन ? तुरुन्त नेपालीहरूलाई अफगानीस्तानबाट रेस्क्यू गरेर ल्याउने काम गरोस् होइन भने यो सरकार नालायक छ भनेर हामी यो संसदमा भन्छौं ।’

उनले थपे, ‘र सरकारलाई काम गर्न दिँदैनौं। नेपाली नफर्काएसम्म सरकारले संसदमा काम गर्न सक्ने छैन । उनीहरूलाई अविलम्ब नेपालमा सुरक्षित अवतरण गराओस् ।’

अफगानिस्तानमा तालिवान विद्रोहीले अहिलेसम्म ३४ मध्ये नौवटा प्रान्तलाई कब्जामा लिएका छन् । हिंसा भड्काइरहेका छन्। त्यहाँ नेपालीहरू पनि फसेको अनुमान गरिएको छ ।

अन्य देशले त्यहाँ फसेका आफ्ना नागरिकको उद्धार शुरू गरेका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top