×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४४ खर्ब ३७ अर्ब

२८ श्रावण २०७८

२८ साउन, काठमाडाैँ ।

विकास बैंकको शेयरमा लगानीकर्ताको आकर्षण देखिएपछि धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार कारोबार हुने साताको अन्तिम दिन आज नेप्से १६.४१ अङ्कले बढेर तीन हजार १७९ मा पुगेको छ ।

Advertisement
Advertisement

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.४६ बिन्दुले बढेर ५९१.१६ मा पुगेको छ । कूल २२५ कम्पनीको तीन करोड ६६ लाख आठ हजार ४६१ कित्ता शेयर रु १७ अर्ब ५१ करोड ३२ लाख ७६ हजार ११५ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये सात उपसमूहको शेयर मूल्यमा सुधार आउँदा छ उपसमूहको शेयर भने ओरालो लागेको छ । बैंकिङ ८.९९, विकास बैंक ३४४.४१, वित्त ३१.७७, उत्पादन ९९.२५, जीवन बीमा ३१.०५, सामूहिक लगानी कोष ०.०८ र लगानी १.७१ बिन्दुले बढेको छ । व्यापार ५९.१७, होटल तथा पर्यटन ३७.८४, जलविद्युत् १२.२३, अन्य ९.१ र लघुवित्त ५.६५ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा आज माथिल्लो तामाकोशी जलविद्युत् कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ६२ करोड ७९ लाख ९७ हजार ८०० बराबरको कारोबार भयो । कामना सेवा विकास बैंक रु ५९ करोड ७४ लाख ४४ हजार ३०२, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक रु ४८ करोड ८३ लाख पाँच हजार ५२३, एचआइडिसिएल रु ४४ करोड पाँच हजार ७८८ र गरिमा विकास बैंक रु ४१ करोड ५८ लाख ४५ हजार ९४६ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

सात कम्पनीको शेयरमा सकारात्मक सर्किट

नेप्सेका अनुसार आज विभिन्न सात कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । त्यसमा महालक्ष्मी विकास बैंक, कामना सेवा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, माउन्टेन इनर्जी नेपाल, रुरू जलविद्युत् परियोजना, जीवन विकास लघुवित्त र युनियन लाइफ इन्स्योरेन्स कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

Advertisement

यस्तै पाँचथर पावर कम्पनी ३.९९, आइसिएफसी फाइनान्स ३.८९, ओरियन्टल होटल ३.८२,सारथी नेपाल लघुवित्त ३.५३ र तारागाउँ रिजेन्सी होटलका लगानीकर्ताले ३.५० प्रतिशतले गुमाए । आजको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब ३७ अर्ब २७ करोड पाँच लाख ३० हजार ५११ बराबर पुगेको छ ।रासस

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top