कांग्रेस केन्द्रीय कमिटीले महाधिवेशनको नयाँ मिति तोक्ने

२८ साउन, काठमाडाैँ ।

Advertisement

नेपाली कांग्रेस केन्द्रीय कमिटी बैठकले पार्टीको १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउने भएको छ । नेपाली कांग्रेस केन्द्रीय कमिटीको बैठक बिहीवारदेखि शुरु भएको छ प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको नीजि निवास बुढानिलकण्ठमा शुरु भएको बैठकमा पार्टीका महामन्त्री पूर्ण बहादुर खड्काले पार्टीको १४ औँ महाधिवेशनको कार्यतालिका केन्द्रीय कार्यसमितिले निर्माण गर्नेगरी प्रस्ताव पेश गर्नुभएको र केन्द्रीय कार्यसमिति सदस्यहरुको सुझाव बमोजिम १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका आउने प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

बिहीवारको बैठकमा महामन्त्री खड्काले केन्द्रीय निर्वाचन समितिले पारित गरेर पठाएको निर्वाचन निर्देशिका प्रस्तुत गर्नुभएको र निर्देशिकाबारे छलफल गरी प्राप्त हुने राय, सुझाव बमोजिम बैठक सकिदा निर्देशिका पारित गरिने पनि प्रवक्ता शर्माले बताए।

Advertisement

उनले भने – ‘बैठकमा केन्द्रीय कार्यसमितिले कार्यतालिका निर्माण गर्नेगरी, कार्यतालिका कहिले सुरु गर्दा उचित हुन्छ भन्ने सन्दर्भमा बैठकमा प्रस्ताव प्रस्तुत भएको छ । केन्द्रीय कार्यसमिति सदस्यको सुझाव बमोजिम १४ औँ महाधिवेशनको परिवर्तित कार्यतालिका ल्याउनेछौँ ।’

Advertisement

बैठकमा क्रियाशिल सदस्यता छानविन समितिका संयोजक रमेश लेखकले समितिको तर्फबाट विवरण राख्नुभएको तथा समायोजन समितिका संयोजक विमलेन्द्र निधिले समायोजन समितिले यस अवधिमा गरेका कामको विषय राखेको पनि उनले जानकारी दिए । कांग्रेसको केन्द्रीय कमिटी बैठकमा सरकार सञ्चालन, कोरोना महामारी नियन्त्रणको सम्बन्धमा पनि छलफल हुने उनले बताए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top