कोहलीपछि यू-१९ विश्वकप जिताएका कप्तान उन्मुक्त चन्दले लिए सन्न्यास

२९ साउन ७८, शनिबार

३० साउन, एजेन्सी ।

सन् २०१२ मा भारतलाई यू-१९ विश्वकप जिताएका कप्तान तथा शीर्षक्रमका ब्याट्सम्यान उन्मुक्त चन्दले २८ वर्षकै उमेरमा भारतीय क्रिकेटबाट सन्न्यासको घोषणा गरेका छन् । भारतीय सिनियर टोलीमा लामो प्रतिक्षा गरिरहँदा पनि मौका नपाएपछि चन्दले शुक्रबार सन्न्यासको घोषणा हुन् ।

एक समय चन्दलाई भारतीय क्रिकेटको ब्याटिङको भविष्य मानिएपनि भारतीय क्रिकेटमा तीव्र प्रतिस्पर्धामा उनले आफ्नो स्थान बनाउन सकेनन् । चन्दको कप्तानीमा भारतले सन् २०१२ मा यू१९ विश्वकप जितेको थियो । त्यसअघि २००८ मा विराट कोहलीको कप्तानीमा भारतले फाइनलमा दक्षिण अफ्रिकालाई डकवर्थ लेविस पद्धतिको आधारमा १२ रनले हराउँदै यू१९ विश्वकप जितेको थियो ।

Advertisement

चन्दले फाइनलमा अष्ट्रेलियालाई ६ विकेटले हराउँदै भारतलाई उपाधि जिताउँदा १ सय ३० बलमा ७ चौका र ६ छक्का सहित कुल १ सय ११ रनको उत्कृष्ट शतकीय इनिङ खेलेका थिए ।

चन्दले उच्च स्तरको क्रिकेट खेल्ने आफ्नो लक्ष्य रहेको बताएका छन् । अब उनलाई अन्य देशबाट क्रिकेट खेल्न बाटो खुलेको छ ।

उनले आइपिएल दिल्ली क्यापिटल्स, मुम्बई इन्डियन्स र राजस्थान रोयल्सबाट खेलेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top