दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने एमालेको चेतावनी

१ भदौ, काठमाडौं ।

Advertisement

नेकपा एमालेले सरकारले दल विभाजन सम्बन्धी अध्यादेश ल्याए प्रतिवाद गर्ने चेतावनी दिएको छ ।

आज बसेको पार्टी स्थायी कमिटीको बैठकले हठात् संसद अधिवेशन अन्त्य गरेर दल विभाजन सम्बन्धी अध्यादेश ल्याउन खोजेको भन्दै विरोध गरेको हाे।

Advertisement

बैठकपछि प्रवक्ता प्रदीप ज्ञवालीले प्रमुख प्रतिपक्षी दल एमालेभित्रका ‘अराजक र पदलोलुपलाई पार्टी विभाजनका लागि बैधानिकता तयार गर्ने षडयन्त्र’ सरकारले गरिरहेको आरोप लगाए।

उनले पार्टी विभाजन गर्ने षडयन्त्रविरुद्ध दृढतापूर्वक उभिन सम्पूर्ण पार्टी पंक्तिलाई अपिल गर्ने निर्णय बैठकले गरेको जानकारीसमेत दिए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top