सरकारले ल्यायाे दल फुटाउन सहज पार्ने अध्यादेश

१ भदौ ७८, मंगलबार
Share this
752shares

१ भदाै, काठमाडौं ।

Advertisement

सरकारले पार्टी विभाजनलाई सहज बनाउन विद्यमान कानुनमा संशोधन गर्न अध्यादेश ल्याउने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले साे निर्णय गरेकाे हाे ।

पार्टी विभाजन गर्न केन्द्रीय समिति वा संसदीय दलमध्ये कुनै एउटामा २० प्रतिशत भए पुग्‍ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरिएकाे एक मन्त्रीले जानकारी दिए ।

Advertisement

यसअघि संसदीय दल र केन्द्रीय कमिटी दुबैमा ४० प्रतिशत संख्या पुर्‍याउनुपर्ने प्रावधान रहेको थियाे । एमाले र जसपाभित्र विवाद चर्किरहेको बेला सरकारले अध्यादेश ल्याउने गरेको निर्णयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यसैबीच माधव पक्षका नेताहरु सि‌ंहदरबारमा अब कसरी अगाडि बढ्ने भनेर छलफल चलिरहेको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top