ओलीको निरंकुश प्रवृतिविरुद्ध जुधेर प्रतिगमनलाई परास्त गर्याैँ : प्रचण्ड

२ भदौ,काठमाडौँ ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले केपी ओलीको निरंकुश, तानाशाही र चरम व्यक्तिवादी प्रवृतिविरुद्ध आफूहरुले विद्रोह गरेको बताएका छन् । अध्यक्ष दाहालले ओलीको नाम नलिईकन कम्युनिष्ट आन्दोलनभित्र एउटा प्रवृति बढो निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी ढंगले देखा परेको उल्लेख गर्दै त्यसलाई परास्त गर्न विद्रोहको बाटो रोज्न बाध्य हुनु परेको बताए ।

Advertisement

सहीद रामबृक्ष यादवको २७ औं स्मृति दिवसको अवसर पारेर बुधबार पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा आयोजित एक कार्यक्रममा बोल्दै उनले कम्युनिष्ट पार्टीहरुलाई एकतावद्ध गरेर क्रान्तिकारी प्रवृतिलाई हावी गर्दै अरुलाई पनि सच्याउने बाटोबाट अघि बढ्ने संकल्प लिएका बेला हामीले पार्टी भित्रैको निरंकुश प्रवृतिविरुद्ध जुधेर प्रतिगमनलाई परास्त गरेको पनि दोहो¥याए । अध्यक्ष दाहालले भने, ‘सम्पूर्ण उपलब्धिलाई धराशायी पार्ने एउटा प्रवृति देखा प¥यो । जसलाई हामीले प्रतिगामी, प्रतिगमनकारी, प्रतिक्रान्तिकारी प्रवृति भन्यौ । त्यो प्रवृति कम्युनिष्ट पार्टी भित्रै देखा प¥यो । हाम्रो कोसिस थियो कि हामी कम्युनिष्ट पार्टीलाई एकतावद्ध गरेर क्रान्तिकारी प्रवृतिलाई हावी गर्दै अरु शक्तिलाई पनि सच्याउने प्रक्रियाबाट जाने भन्ने थियो । तर त्यस्तो भएन । कम्युनिष्ट आन्दोलनभित्र एउटा प्रवृति बढो निरंकुश, तानाशाही, चरम व्यक्तिवादी र राष्ट्रिय आत्मसमर्पणवादी प्रवृति जो देखा प¥यो । र हामीले त्यसका विरुद्ध संघर्ष गर्नु प¥यो । र हामीले निर्ममतापूर्वक संघर्ष गर्नुपर्ने आवश्यक्ता महशुस ग¥यौ । विद्रोह गर्नैपर्ने स्थिति देख्यौं । र हामीले विद्रोह ग¥यौं ।’

अध्यक्ष दाहालले आफै भित्रको कमजोरीलाई हटाएर मुलुकको समृद्धि र समाजवाद निर्माणको यात्रालाई अघि बढाउन पार्टीका नेता, कार्यकर्तालाई पनि आह्वान गरे । नयाँ सन्दर्भमा कम्युनिष्ट क्रान्तिहरुलाई एकतावद्ध गर्दै लोकतान्त्रिक शक्तिहरुसँगको सहकार्यमा मुलुकलाई अघि बढाउनपर्ने अवस्था आएकाले पार्टीले सोही अनुसारको बाटो लिएर अघि बढनुपर्ने अवस्था रहेको उनको भनाई थियो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top