NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ? आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु आइतवार पुस ६ , २०८२
एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो आइतवार पुस ६ , २०८२
समानुपातिक बन्दसूची बुझाउन ७ दिन बाँकी,दलहरुमा चालचुल किन छैन? आइतवार पुस ६ , २०८२
Next
Prev

समाचार

एमालेले सूर्य चिन्ह किन बदल्यो ? के भन्छन् अग्नि खरेल ?

बुधबार भदौ २ , २०७८
Reading Time: 1 min read
A A
एमालेले सूर्य चिन्ह किन बदल्यो ? के भन्छन् अग्नि खरेल ?
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

सरकारले मंगलवार बसेको मन्त्रीपरिषद् बैठकबाट राजनीतिक दल विभाजन सम्बन्धी विधेयक ल्याएको थियो । जसको अहिले सर्वत्र बिरोध भएको छ । सत्तापक्षकै नेताहरुले यसको बिरोध गरिरहेका छन् । विरोधकै बीच राष्ट्रपति विद्यादेवी भण्डारीले अध्यादेश जारी गरेकी छन् । त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विधेयक पारित भए कडा आन्दोलनमा उत्रिने चेतावनी दिइसकेको छ । नेकपा एमालले संसद अन्त्य गरेर राजनीतिक दल सम्बन्धी ल्याइएको विधेयक आफ्नो पार्टी फुटाउनका लागि सरकारले ल्याएको आरोप लगाइरहेको छ । त्यस्तै सत्ता साझेदार दलका नेताहरुले समेत राजनीतिक दल सम्बन्धी सरकारले ल्याएको विधेयकलाई मिनी प्रतिगामी कदम भनेर प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना गरिरहेका छन् । सरकारले मंगलवार केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याए दल विभाजन गर्न सक्ने गरी राजनीतिक दल विभाजन सम्बन्धि विधेयक ल्याएको थियो । मंगलवार नै नेकपा एमालेले दलको अध्यावधिक गर्न २६० केन्द्रीय सदस्यको नामसहितको सूची निर्वाचन आयोगमा बुझाएपछि पार्टीमा नेकपाका वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदले त्यसको बिरोध गरिरहेका छन् । यसै सम्बन्धी विषयमा केन्द्रीत रहेर न्यूज एजेन्सी नेपालले नेकपा एमालेका निर्वाचन विभाग प्रमुख अग्नी खरेलसँग गरेको कुराकानीको सम्पादित अंश यस्तो छ ।

निर्वाचन आयोगमा पुगेर दलको अध्यावधिक गरेर आउनुभयो त्यसले पार्टीमा दोधार (कन्फ्युज)पैदा भएको छ, खासमा कुरा के हो ?
त्यसमा दोधारमा बस्नुपर्ने कुनै कारण नै छैन । राजनीतिक दल सम्बन्धी ऐन २०७३ सम्बन्धी हरेक राजनीतिक दलहरुले आफूलाई अध्यावधिक गर्नुपर्ने हुन्छ । त्यो अध्यावधिक गर्ने सिलसिलामा नेकपा एमाले पार्टीलाई अध्यावधिक गरियोस् भनेर दिइएको ऐन बमोजिमको एउटा निवेदन हो । यो निर्वाचन आयोगमा प्रत्येक दलले पूरा गर्नुपर्ने दायित्व हो । हामी २०७७ साल फागुन २३ गते सम्माननीय सर्वोच्च अदालतले फैसला गरिसके पछाडि साविकको नेकपा, नेपाल कम्युनिष्ट पार्टी नेकपा त्यो भन्दा अगाडिको साबिककै पार्टीका रुपमा अर्थात् नेकपा माओवादी र नेकपा एमालेको रुपमा रुपान्तरण भइसकेपछाडि एमालेले आफूलाई अध्यावधिक गर्नुपर्ने थियो । त्यसैले त्यो अध्यावधिक गर्ने सिलसिलामा ऐन बमोजिम निर्वाचन आयोगमा गएर दिइएको निवेदन हो ।

सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदै गर्दा पार्टी अध्यावधिक गर्ने कुरा गरेकोले एक किसिमको चलाखी देखियो नि ?
त्यसमा कुनैपनि दोधारमा बस्नु पर्दैन । यहाँ भन्दा अगाडि आएका जे कुरा हुन् त्यही कुरा त्यसमा छन्, नयाँ कुरा त्यसमा केही पनि छैन । निर्वाचन आयोगमा यहाँ भन्दा अगाडि नेकपा हुँदा नै ४४१ जना केन्द्रीय सदस्यको नाम अध्यावधिक छ । ४४१ जना मध्ये २४१ जना नेकपा एमालेबाट छन् र २०० जना नेकपा माओवादी केन्द्रबाट छन् । त्यसरी ४४१ जना पुगेको छ । २४१ जना नेकपा एमालेका हुन् भन्ने कुरामा त कुनै विवाद छैन, त्यो २४१ जना नै एमालेका केन्द्रीय सदस्यहरु मध्ये जो बित्नुभएको छ, जो कारबाहीमाा पर्नुभएको छ, ती बाहेकका २३७ जना केन्द्रीय सदस्यहरु हिजोदेखि नै एमालेले मानेका केन्द्रीय सदस्यहरु हुन् । जुन कुरा निर्वाचन आयोगमा अहिले पनि अध्यावधिक छ । निर्वाचन आयोगमा ४४१ जना मध्ये नेकपा एमालेको २४१ जना मध्ये ४ जना मानिसहरु बितेका छन्, त्यसैले नेकपा एमालेको केन्द्रीय सदस्य २३७ जना अहिले पनि अध्यावधिक छ । यो पार्टी विभाजन अर्थात् फागुन २३ गतेको फैसला बमोजिम अलग अलग पार्टी हुनुभन्दा अगाडि त नेकपा थियो । त्यो नेकपा भइरहँदा नै नेकपा विभाजन भइसकेपछि माओवादी केन्द्रसँग सम्बन्ध नेताहरु जो केन्द्रीय समितिमा हुनुहुन्थ्यो, ४४१ जना भित्रै हुनुहुन्थ्यो । त्यो ४४१ जना भित्रै भएका केन्द्रीय सदस्यहरु रामबहादुर थापा लगायतका नेताहरु नेकपा एमालेमा अहिले हुनुहुन्छ । उहाँहरु २३ जना सदस्यहरु अहिले हामीसँग हुनुहुन्छ । उहाँहरु केन्द्रीय सदस्यमै भएको हो, ४४१ जना सदस्यमै रहेको हो र नेकपा एमाले नेकपाकै पहिलेको रुपमा छ । नेकपाकै बिस्तृत रुपमा अहिले छ । नेकपा विभाजन हुँदा खेरकै पहिलेको रुपमा छ । यसैमा केही विवाद भएको हुनाले पार्टीभित्र एउटा कार्यदल बन्यो । त्यसमा ५÷५ जना सदस्यहरु भीम रावल जीको नेतृत्वमा र सुवास नेम्वाङजीको नेतृत्वमा बन्यो । त्यसले जे समझदारी गर्छ, जे सुझाव ल्याउँछ, त्यसलाई पार्टी भित्र मान्ने भन्ने कुरा एमालेको माधव कुमार नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओलीले पनि यो कुरालाई स्वीकार गर्नुभयो । र त्यो कार्यदलले एउटा १० बुँदे सहमति गर्यो । त्यो १० बुँदे सहमतिमा पनि ती २३ जना कन्द्रीय सदस्यहरु जो साविक नेकपामा हुनुहुन्थ्यो । त्यो साविक नेकपामा भएको केन्द्रीय सदस्यमा रहेका कोही पनि सदस्यले छोडेर यदी नेकपा एमालेमा आउँछन् भने त्यसलाई त नेकपा एमालेले स्वागत गर्दछ । त्यसलाई राख्नुपर्छ भन्ने कुरा लेखिएको छ । त्यो कुरा पनि हामीले निर्वाचन आयोगमा दिँदा बकाइदा १० बुँदे सहमति जो पार्टी भित्रको विवाद हटाउन गठन भएको थियो, त्यो १० सदस्य कार्यदलले बनाएको सहमतिलाई पनि एउटा आधार बनाएर पार्टी भित्रका विवादहरु पार्टी आफैँले म्यानेज गर्छ, निर्वाचन आयोगले त्यसलाई आधिकारिक गरिदिने मात्रै हो । निर्वाचन आयोगले आवश्यक भन्दा धेरै ध्यान दिँदैन, किनभने पार्टी भित्रको आन्तरिक कुरामा सरकारले, पार्टीले वा अदालतले धेरै ध्यान दिएर त्यो कुरा म्यानेज गर्न सक्दैन । पार्टीले आफैँ म्यानेज गरेको छ, त्यसैभित्र ती नामहरु पनि छन्, त्यसै कारणले २६० जना हुन् । त्यसैले २६० जना हालसम्म नेकपा एमालेको केन्द्रीय सदस्यमा रहेको कुरालाई अध्यावधिक गर्नलाई दिइएको हो, आज अध्यादेश आउने प्रसंग मिलेको मात्रै हो, हामीले निर्वाचन आयोगसँग अस्तिकै दिन मंगलवार दल अध्यावधिकका लागि समय मिलाएका थियौँ । त्यो निर्वाचन आयोगमा गएर हेर्दा प्रमाणीकरण हुन्छ ।

सूर्य चिन्हसँग मिल्दोजुल्दो चिन्ह अर्को पार्टीले पाएको भन्ने विषय के हो नि ?
दल दर्ता हामीले अस्ति पनि गर्न सक्थ्यौँ, तर अस्ति किन गरेनौँ, भोलि पनि अध्यावधिक गर्न सक्थ्यौँ तर मंगलवार किन गर्यौं भन्दा सोमवार निर्वाचन आयोगले ९५ वटा पार्टीको मान्छे बाहिर ल्याएको छ, अहिले निर्वाचन आयोगमा रहेका ९५ वटा पार्टीको नाम र चुनाव चिन्ह छ, त्यसभित्र एउटा पार्टीले पार्टीको नाम सर्वोच्चको फैसलाले बदल्यो, तर उसले चुनाव चिन्ह बदलेन, उसले डाँडामाथिको सूर्य भनेर नै त्यो चुनाव चिन्ह राख्यो, सूर्य चिन्हका वरिपरि कुनै पनि खालका चुनाव चिन्हहरु राखेर निर्वाचन आयोगमा आएर पार्टी दर्ता गर्ने कुरा आफैँमा त्यो गलत थियो । त्यो गलत हो । आज त नेकपा एमालेलाई परेको हुनाले सबै साथीहरुलाई ठिकै लागेको पनि होला, हामीले निर्वाचन आयोगमा बकाइदा भनेका छौँ त्यो कुरा, तर डाँडामाथि त सूर्यमात्रै राख्न सकिँदैन नि त । डाँडामाथि त रुखसँग चिन्ह पनि राख्न सकिन्छ नि । डाँडामाथि रुख चिन्ह राख्यो भने त्यो चुनाव चिन्हले नेपालको कुनै राजनीतिक दललाई असर गर्छ कि गर्दैन ? अर्को कुनै चुनाव चिन्ह कसैले प्रयोग गरिरहेको छ, त्यसमा अर्को कुनै चिज राखेर गर्न मिल्छ कि मिल्दैन ? सर्वोच्च अदालतको फैसलाले नाम र चुनाव चिन्ह जस्ता विषयवस्तुहरु जो जनतासँग सोझो गाँसिएका हुन्छन्, सार्वभौम सत्ता जनताले आफ्नो मताधिकारको प्रयोग गर्दा पार्टीको चुनाव चिन्हमा रहेर मताधिकारको प्रयोग गरिरहेका हुन्छन् । एउटा पार्टीलाई दिएको मत झुक्किने गरिकन अर्को पार्टीले प्राप्त गर्नुहुँदैन, जनता वा मतदाता नझुक्किने गरिकन राख्नुपर्छ भन्ने उद्देश्य हो, तर त्यो चुनाव चिन्हले नेकपा एमालेको सग्लो एउटा सूर्यमा पहाड राखिदिएर कतै त्यो नेकपा एमालेका मतदाताहरु झुक्किन सक्ने स्थिती भित्र छ, त्यसैले विनम्रतापूर्वक हामीले निर्वाचन आयोगलाई भन्यौँ तपाईहरुले जुन निर्णय पहिला गर्नुभएको थियो, त्यो निर्णय गलत थियो त्यो निर्णयलाई तपाई सच्याउनुस्, उहाँलाई बोलाउनुपर्छ बोलाउनुस् तर सर्वोच्च अदालतले गरेको फैसलामा पनि कतिपय विषयहरु बोलिएको छ, त्यसैले उहाँलाई कुन चुनाव चिन्ह दिने हो त्यो चुनाव चिन्ह दिनुस् हामीलाई त्यसमा कुनै आपत्ति भएन तर डाँडामाथिको सूर्य भनेर सूर्य देखिने गरिकन चुनाव चिन्ह दिने कुरा गलत हुन्छ । त्यसरी चुनाव चिन्ह दिने कुरासँग हामी सहमत छैनौँ भनेका छौँ । त्यसमा उहाँहरुले कानूनि प्रक्रिया अवलम्बन गर्छौं भन्नुभएको छ ।

लोकप्रीय

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२

विचार

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२

थप समाचार

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?
ताजा समाचार

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने
ताजा समाचार

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु
ताजा समाचार

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२
DV 2025 का हजारौंको सपनामा लाग्यो पूर्णविराम
अन्तर्राष्ट्रिय

एक गोलीकाण्डले डिभी बन्द, डिभी भिसा पनि रोकियो

आइतवार पुस ६ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

World News: जापान आणविक हतियारमा बढ्दा रुसको आपत्ति, एपस्टिनसंग जोडिएको ट्रम्पको फोटो गायब

00:22:11

World News: सिरियामा आईएसका ७० ठेगाना ध्वस्त, रेलसँग हात्तीको बथान ठोक्किएपछि.. || Nepal Times

00:14:33

World News: डोपिङ सूचीमा भारत फेरि पहिलो, अमेरिकाले ताइवानलाई थप ह*तियार दिने|| Nepal Times

00:19:42

World News: यहुदीविरोधी आ*क्र*मण रोक्ने अस्ट्रेलियाको कदम, १०४ सुडानीको मृ*त्यु || Nepal Times

00:24:06

World News: तेलको मूल्यमा उथलपुथलको आशंका, पाकिस्तानका धर्मगुरुलाई ३५ वर्ष जेल || Nepal Times

00:24:10

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

ग्रेटर बंगलादेशको नक्सा बाँड्ने हादीलाई कसले मार्याे ?

आइतवार पुस ६ , २०८२
बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

बोन्डाइ बीच गोलीकाण्डका आक्रमणकारी ‘बाबु छोरा’

सोमवार मंसिर २९ , २०८२
७ महिना वित्यो, कति छ प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति ?

बैंकहरुको नयाँ ब्याजदर,कुनमा पाइन्छ सबैभन्दा बढी ब्याज ?

सोमवार मंसिर २९ , २०८२

हालका पोस्टहरू

रविले ‘जेनजी’ सहिदका परिवारसँग भेटेर के भने ?

रवि लामिछाने बन्लान् त नेपालको प्रधानमन्त्री ?

आइतवार पुस ६ , २०८२
रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

रवि, बालेन र कुलमान मिल्ने, एकताको नेतृत्व रविले नै गर्ने

आइतवार पुस ६ , २०८२
जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

जेनजी आन्दोलनमा पक्राउ परेका किन छुटेनन् ?गृहमन्त्री र सचिवलाई सोध्नु

आइतवार पुस ६ , २०८२
सम्पादक
हरिहर नेपाल
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
९८६२२१३०५७
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.