२ भदाै, काठमाडौं ।
नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल पक्षमा खुलेका केही स्थायी कमिटी सदस्यहरू नेपालकाे नयाँ पार्टीमा सहभागी नहुने भएका छन्।
बुधबार राष्ट्रपतिले राजनीतिक दल सम्बन्धी अध्यादेश जारी गरेसँगै एमालेको नेपाल पक्ष नयाँ पार्टी दर्ताको प्रक्रियामा अघि बढेको छ। तर, नयाँ पार्टीमा उपाध्यक्ष भीम रावल, सचिवद्वय गोकर्ण विष्ट र योगेश भट्टराई भने सामेल नहुने भएका हुन्।
अहिले नेपाल पक्षका नेताहरू बानेश्वरस्थित अर्याल होटलमा भेला भएका छन्। नेपाल पक्षले पार्टीको नाम नेकपा एमाले समाजवादी र चुनाव चिह्न खुला किताब प्रस्ताव गरेको छ। प्रस्तावित पार्टीको विधान र संरचना समेत तयार भइसकेको एक केन्द्रीय सदस्यले बताए।