NepalTimes

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश
No Result
View All Result
YouTube
Nepaltimes-logo
Nepaltimes-logo
Nepaltimes-logo-white
No Result
View All Result
  चर्चामा :
कुलिङ पिरियडका दोषी गुपचुक ?नाम नतोक्न एमाले–काँग्रेसको आदेश सोमवार साउन १९ , २०८२
कोशी ब्यारेजको २३ ढोका खुल्यो, रातो बत्ती बालियो सोमवार साउन १९ , २०८२
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं सोमवार साउन १९ , २०८२
चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ? आइतवार साउन १८ , २०८२
एमाले–समाजवादीपछि माओवादीमा सुरु भयो रडाँको आइतवार साउन १८ , २०८२
Next
Prev

समाचार

जंगली जनावरको भन्दै घरपालुवा जनावरको अंग बेचबिखन

आइतवार असार २४ , २०७५
Reading Time: 1 min read
A A
Advertisement
Share on FacebookShare on WhatsAppShare on TelegramShare on X
LS Auto

ललितपुर, असार २४

जंगली जनावरको भनेर झुक्काएर भैँसीलगायतका घरपालुवा जनावरको अंगसमेत बेचबिखन हुँदै आएको पाइएको छ ।खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालाले पहिले मानिसको मात्रै डिएनए परीक्षण गर्दै आएकामा विगत दुई वर्षदेखि जनावरको डिएनए पनि परीक्षण शुरु गरेको हो । सो अवधिमा धेरै वन्यजन्तु चोरी–शिकार गरेर निर्यात गर्न लागेको भनी परीक्षणका लागि आएकामा कतिपय त झुक्काएर घरपालुवा जनावरको अङ्गसमेत ओसारपसार भएको पाइएको प्रयोगशालाले जनाएको छ ।

प्रयोगशालाका कार्यकारी निर्देशक जीवनप्रसाद रिजाल वन्यजन्तुका अङ्गको स्वरुप बदलेको अवस्थामा प्रयोगशालामा आइपुग्ने गरेको बताउँछन्। खुल्ला आँखाले ती वस्तु के हो भन्ने छुट्टिदैन । मासुलाई सुकुटी वा अरु भागलाई त्यसरी नै फरक स्वरुपमा बिक्री गरिँदा त्यो कुन जनावरको अङ्ग हो भनेर छुट्टाउन नसकिने हुँदा किन्ने मान्छेले पनि झुक्किएर घरपालुवा जनावरको अङ्ग किनेको हुन सक्ने उनको भनाइ छ ।

“जंगली जनावरको किनबेच गैरकानूनी हुँदा किन्ने व्यक्ति पनि परीक्षणका लागि आउँदैनन् । कतिपयले घरमै सजाउनका लागि जनावरको अङ्ग राख्ने गर्छन् त्यो पनि गैरकानूनी हुन्छ ।” कार्यकारी निर्देशक रिजाल भन्छन्, । प्रयोगशालामा वन्यजन्तुको डिएनए परीक्षण हुनु पहिले पनि वन्यजन्तुसम्बन्धी काम गर्ने निकायबाट जनावरका शरीरका अङ्ग परीक्षणका लागि आउने गरेको जानकारी दिंदै उनी भन्छन्, “हामी यहाँबाट हुने अरु प्रविधिबाट परीक्षण गर्ने र नहुने भए फिर्ता पठाउने गर्छौं । डिएनए परीक्षण शुरु भएपछि दायर गरिएका सम्बन्धित निकायले कुनै पनि मुद्दा फिर्ता लिन परेको छैन । ”

फरकखालका जनावरको अङ्गहरु फरक–फरक प्रयोजनका लागि प्रयोग हुने गरेको प्रयोगशालाले जनाएको छ । बाघको मासु सुकुटी बनाउन, अरु भाग औषधि बनाउन प्रयोग हुन्छ । कस्तुरीको बिना, भालुको पित्त औषधि बनाउनका लागि प्रयोग हुँदै आएको छ । उनी भन्छन्, “कुन देशमा कुन जनावरको माग छ भन्ने बुझेर चोरले जंगली जनावरको शिकार गरी तिनका अङ्ग बिक्री गर्ने गरेका छन् ।”

प्रयोगशालाले यहाँ आएका जनावरका अङ्गमा कुन जनावर नेपालकै हो र कुन होइन भन्नेसमेत छुट्याउँदै आएको छ । कार्यकारी निर्देशक रिजाल भन्छन्, “अधिकांश घटनामा हामी त्यस्तो जनावर हाम्रो देशको हो कि होइन भनेर छुट्याउन सक्छौँ । नेपाल, भारत, चीनलगायतका छिमेकी देशको हो वा अफ्रिका, अमेरिकालगायत तेस्रो मुलुकका जनावर होे भन्ने सजिलै छुटिृन्छ । ”

प्रयोगशालामा मानव र जनावरका डिएनए परीक्षण एउटै प्रयोगशालाबाट हुने दक्षिण एशियाको एकमात्रै यो प्रयोगशालामा परीक्षणका लागि आउनेमा गैँडाको खाग र छाला, हात्तीको दाह्रा, कस्तुरीको बिना, पाटेबाघ र चितुवाको छाला बढी रहेको उहाँ बताउँछन् । यी जनावरको छाला, खप्पर, हाड, नङ्ग्रा खाग, छाला, दाह्रा, बिनालगायतका अङ्ग चोरी शिकारी बढी हुने गरेको दुई वर्षमा आएका मुद्दाले देखाएको छ ।

जीवित कछुवा तथा कछुवाका खपटा, हाब्रेको छाला र बँदेल, मृगको सुकुटी पनि परीक्षणका लागि आइरहेको उल्लेख गर्दै कार्यकारी निर्देशक रिजाल भन्छन्, “विभिन्न अदालतबाट परीक्षणका लागि पठाइएका यस्ता बस्तुमा हामीले नतिजा दिइसकेका छौँ ।” गत वर्षबाट उड्ने लोखर्के, डाँफेको प्वाँख, मयूरको प्वाँखलगायतका आखेटोपहार पहिचान गर्न थालिएको छ। प्रयोगशालामा कतिपय नौलाखालका आखेटोपहार आउन थालेका छन् । तिनको परीक्षणका लागि सुधार हुँदै जानुपर्ने र यसका लागि समसामयिक तालीम, आधिकारिक नमूना व्यवस्थापन गर्न अवश्यक भएको जनाइएको छ ।

प्रयोगशालामा आर्थिक वर्ष २०७३÷७४ बाट वन्यजन्तुको डिएनए परीक्षण शुरु भएको हो । पहिलो वर्षमा विभिन्न निकायबाट ५८ वटा मुद्दाका ३०० दुई वटा नमूना परीक्षणका लागि आएका थिए । प्रयोगशालामा विसं २०६२÷६३ बाट पितृत्व पहिचान गरेर जैविक नाता कायम गर्न डिएनए परीक्षण शुरु भएको थियो ।
रासस

लोकप्रीय

कुलिङ पिरियडका दोषी गुपचुक ?नाम नतोक्न एमाले–काँग्रेसको आदेश

कुलिङ पिरियडका दोषी गुपचुक ?नाम नतोक्न एमाले–काँग्रेसको आदेश

सोमवार साउन १९ , २०८२
सप्तकोशीमा हाईअलर्ट जारी ,तटीय क्षेत्रमा नजान आग्रह

कोशी ब्यारेजको २३ ढोका खुल्यो, रातो बत्ती बालियो

सोमवार साउन १९ , २०८२
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं

पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं

सोमवार साउन १९ , २०८२

विचार

थप समाचार

कुलिङ पिरियडका दोषी गुपचुक ?नाम नतोक्न एमाले–काँग्रेसको आदेश
ताजा समाचार

खेलकुद

पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं

सोमवार साउन १९ , २०८२
चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?
अन्तर्राष्ट्रिय

चीनले बनायो किल चेनमा कसरी फस्यो भारत ?

आइतवार साउन १८ , २०८२

भिडियो

Currently Playing

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

सत्ताको खेल बन्द गर! – सरकार बनाउने-गिराउने नाटकले मुलुकलाई पछाडि धकेल्दैछ। || Nepal Times

00:01:21

सरकारको असफलता: महँगी रोक्न नसक्दा उपभोक्तामाथि थप आघात || Nepal Times

00:13:15

काठमाडौं महानगरको राजस्व असमझदारी र गृहमन्त्री लेखकको विवादित निर्णयले सरकारमाथि दबाब।

00:10:28

सहकारी प्रकरणमा लामिछाने निर्दोषको दाबी र संसद् उपेक्षा गरेकोमा विपक्षीले सरकारलाई कठघरामा उभ्याए।

00:10:47

स्वर्णलक्ष्मी विवादले तातेको अदालत, सार्क ठप्प: लामिछानेमाथि दवाब र भारत-पाक तनाबको कूटनीतिक खेल

00:12:15
Currently Playing

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

मञ्जुश्रीको गल्छी हटाउने दम्भ: सरकारको सोच—पौराणिकता vs प्रोजेक्ट! || Nepal Times

00:13:34

किन सधैं अशान्त रहन्छ मध्यपूर्व? कारण र द्वन्द्वको चक्रव्यूह || Nepal Times

00:14:58

Imran Khan र Rabi Lamichhane : फरक देश, एउटै नियति #rabilamichhane #imrankhan #news

00:14:15

लाइक,कमेन्ट र सेयर गरे जेल,विधेयक हुबहु पास भए के हुन्छ ?|| Nepal Times

00:14:44

चरीदेखि घैंटे सम्म : डनहरूको इन्काउन्टर कथा|| Nepal Times

00:15:42
Currently Playing

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

World News: Trumpसंग Bidenको रिस, Kamala थाकिन, हमा*सले हति*यार नत्याग्ने|| Nepal Times

00:18:25

World News:Indiaले अमेरिकी F-35 नकिन्ने, Ukraine यु*द्ध Indiaका कारण रोकिएन|| Nepal Times

00:12:31

World News: Trumpलाई नोबेल पुरस्कार दिनैपर्ने, ६भारतीय कम्पनीमाथि गक प्रतिबन्ध || Nepal Times

00:22:07

World News:Russiaसंग सम्बन्ध तोड्न Indiaलाई दबाब, Chinaले Russiaबाट तेल खरिद जारी राख्ने

00:15:55

World News:पाक सेनाविरुद्ध ड्रोन छाडिदै, ३ सन्तान जन्माए १५ सय डलर || Nepal Times

00:15:53

प्रदेश

Menu
  • कोशी
  • मधेश
  • बागमती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम

नेभिगेशन

Menu
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

लोकप्रिय पोस्टहरू

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

४७ गुण्डा नाइके  खोरमा, सिंघम बने एसएसपी विश्व अधिकारी

शुक्रबार साउन १६ , २०८२
ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट  Su–५७ किन्ने

ट्रम्पमाथि मोदीको अट्याक,F 35 नकिन्ने,रूसबाट Su–५७ किन्ने

शुक्रबार साउन १६ , २०८२
नेता र राजदूत भेट्न सुरक्षा अधिकारीले अनुमति लिनु पर्ने

नाम, थर र जन्मदर्तामा त्रुटि छन् ? अब सच्याउन सकिन्छ

आइतवार साउन १८ , २०८२

हालका पोस्टहरू

कुलिङ पिरियडका दोषी गुपचुक ?नाम नतोक्न एमाले–काँग्रेसको आदेश

कुलिङ पिरियडका दोषी गुपचुक ?नाम नतोक्न एमाले–काँग्रेसको आदेश

सोमवार साउन १९ , २०८२
सप्तकोशीमा हाईअलर्ट जारी ,तटीय क्षेत्रमा नजान आग्रह

कोशी ब्यारेजको २३ ढोका खुल्यो, रातो बत्ती बालियो

सोमवार साउन १९ , २०८२
पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं

पब्जी मोबाइल विश्वकपमा नेपालको होरा नवौं

सोमवार साउन १९ , २०८२
प्रधान सम्पादक
लीलाबल्लभ घिमिरे
सूचना विभाग दर्ता नं.
७२७-०७४-०७५
9820710515
[email protected]
© 2025 Nepal Times. All Rights Reserved.

© 2025 Nepal Times. All Rights Reserved.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In

Add New Playlist

No Result
View All Result
  • समाचार
  • आर्थिक
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • साहित्य
  • प्रदेश

© 2025 Nepal Times All Rights Reserved.