×

NEPAL TIMES UPDATES

Playing
अब सबैभन्दा ठूलो मुश्लिम देशमा पनि ट्रम्पको दबदबा || Nepal Times
Apr 13, 2026
Playing
सिंहदरबार छिरे कलाकारःबालेन प्रधानमन्त्री, सुधन गृहमन्त्री बनेको वर्ष || Nepal Times
Apr 13, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-30-2082 || Nepal Times
Apr 13, 2026
Playing
कांग्रेसमा आ–आफ्नै ढम्फु बजाउँदै नेताहरू, राजेन्द्रले छाडे कांग्रेस || Nepal Times
Apr 13, 2026
Playing
८ करोड भाडा वक्यौता,बालेन सरकारले ताला ठोक्यो, धमलादेखि अखिलको कार्यालयसम्म || Nepal Times
Apr 13, 2026
Playing
Mossad New Chief Roman Gofman, जसलाई गुप्तचरको अनुभव छैन् || Nepal Times
Apr 13, 2026
Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026

गुफामा थुनिएका १३ जनाको उद्धारकार्य शुरु, पहिलोलाई एघार घण्टाभित्र बाहिर निकाली सकिने

२४ असार २०७५

थाइल्याण्ड, असार २४

थाइल्याण्डको एउटा गुफामा थुनिएका १२ जना बालक र एक जना उनीहरुका प्रशिक्षक सहित १३ जनाको उद्धार कार्य आइतबार पनि विहानैबाट सुरु भएको छ । दक्षिणी थाइल्याण्डमा रहेको एउटा गुफामा करिब दुई हप्तादेखि फसेका उनीहरुको उद्धार कार्य स्थानीय समय अनुसार आइतबार विहान १० बजे शुरु भएको सरकारी अधिकारीहरुले बताएका छन् ।

Advertisement
Advertisement

उद्धारका लागि १३ जना अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको नारोङसाक ओसोटानाकोमका गभर्नर चिआङ रायले जानकारी दिए । उद्धार टोलीमा पाँच जना सेनाको विशेष टोली पनि सहभागी गराइएको उनले बताएको सिन्ह्वा समाचार समितिले उल्लेख गरेको छ ।

फसेका १२ बालक र उनीहरुका एक जना फुटबल प्रशिक्षकलाई एक एक गरेर बाहिर निकालिने भएको छ । उनीहरुमध्ये पहिलोलाई आइतबार बिहान काम सुरु गरेको झण्डै एघार घण्टामा गुफाबाट बाहिर निकाली सकिने गभर्नर रायको अनुमान छ । उनीहरुलाई बाहिर निकाल्न करिब १०० स्थानमा प्वाल पारेर गुफा भित्रको ग्याँस बाहिर फाल्ने र अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ ।

गुफा बाहिरबाट पारिएका ती प्वाल करिब ३०० मीटर लामो रहेको उद्धार कार्यमा खटिएकाहरुले जानकारी दिएका छन् । ती प्वालबाट अक्सिजन भित्र पठाउन सकिने र त्यसैबाट गुफाभित्रको ग्याँस पनि बाहिर आउने भएकोले उद्धारकर्ता सजिलै गुफाभित्र जान सक्ने तथा र ती बालकको उद्धार गर्न सजिलो हुने उनीहरुले बताएका छन् ।

यो विधि अपनाउँदा भित्रछिर्न पनि सजिलो पर्ने र गोताखोरले सामान्य सावधानीका साथ भित्र गएर उनीहरुको उद्धार गर्नसक्ने अनुमान गरिएको छ । ठूलो सङ्ख्याका उद्धारकर्मी तथा सेनाले दुई दिन लगाएर विशेष प्रविधिको प्रयोगगरी यी चिम्नी निर्माण गरिएको यहाँको सेनाले जानकारी दिएको छ ।

उद्धारकर्ताहरुले सबैभन्दा पहिले एक बालकलाई आइतबारै बेलुका नौ बजेतिर बाहिर निकाल्ने छन् र क्रमशः अरुलाई पनि बाहिर निकालिने छ । अधिकारीहरुले १३ जनालाई नै बाहिर निकाल्न दुई देखि तीन दिन सम्म लाग्ने बताएका छन् ।

“उनीहरु उद्धारका क्रममा आइपर्न सक्ने चुनौतीहरु सामना गर्न तयार भएका छन्, चिकित्सा टोलीले पनि त्यसका लागि आवश्यक तयारी गरेको छ, गभर्नरले भने । गुफामा फसेका बालकहरु ११ देखि १६ बर्ष सम्मका रहेका छन् भने उनीहरुका प्रशिक्षक २५ वर्षका छन् । उनीहरु गएको जुन २३ देखि गुफामा फसेका हुन् । हराएको दिनदेखि खोजी गरिरहदा नवौँ दिनमा मात्रै उनीहरु भेटिएका थिए । उनीहरुको खोजी तथा उद्धारका लागि एक हजार जना उद्धारकर्ता परिचालन गरिएको छ ।

रासस

Advertisement

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top