प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालबीच बालुवाटारमा भेटवार्ता

३ भदाै, काठमाडौं।

Advertisement

प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधवकुमार नेपालबिच भेटवार्ता भएको छ ।

सरकारले मंगलबार मङ्गलवार राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै नेकपा (एमाले) विभाजन भएर नयाँ दल दर्ता भएपछि तीन शीर्ष नेताबीच आज भेटवार्ता भएको हो ।

Advertisement

प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान झन्डै पौने एक घण्टा उनीहरू बिच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

भेटका क्रममा मुलुकको समसामयिक राजनीति र मन्त्रिपरिषद् विस्तारलगायतका विषयमा छलफल भएको बताइएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top