चीनबाट आठ लाख मात्रा खोप आइपुग्यो

३ भदौ ७८, बिहीबार

३ भदाै, काठमाडाैँ ।

Advertisement

चीनबाट आठ लाख मात्रा भेरोसेल खोप आइपुगेको छ । नेपाल वायु सेवा निगमको वाइडबडी विमानमार्फत गए राति आठ लाख मात्रा खोप नेपाल आइपुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

उहाँका अनुसार १६ लाख मात्रा खरिद गरिएको खोपमध्ये आठ लाख मात्रा पहिलो चरणमा आइपुगेको हो । उनले आज साँझ थप आठ लाख मात्रा खोप चीनबाट नेपाल आउने बताए ।

Advertisement

यस्तै अगामी शनिबार पनि जापानबाट अनुदानमा छ लाख मात्रा एस्ट्राजेनिका खोप आउने उनले जानकारी दिए । प्राप्त भएको खोप प्राथमिकताका आधारमा लगाइने मन्त्रालयले जनाएको छ । अहिलेसम्म नेपालमा एक करोड १६ लाख खोप प्राप्त भइसकेको छ । सरकारले असोजसम्म खोप लगाउन लक्षित ३३ प्रतिशतलाई पूर्ण खोप र चैत मसान्तसम्म लक्षित सबैलाई खोप लगाउने लक्ष्य राखेको छ ।

अहिलेसम्म नेपालमा ४७ लाख ८५ हजार ९०२ पहिलो मात्रा र ३६ लाख ४९ हजार ७६० पूर्ण मात्राको खोप लगाइसकेका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top