राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको निर्माण प्रक्रिया तीव्र

२ भदौ ७८, बिहीबार

३ भदाै, काभ्रे ।

राष्ट्रिय सुरक्षा तथा प्रतिरक्षाको विषयमा नीति निर्माण एवं रणनीति तयार गर्न जनशक्ति उत्पादन गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकमा निर्माण गरिने राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार भएको छ ।

त्यस्तै मदन भण्डारी विश्वविद्यालय निर्माणका लागि पनि जिल्लाको पाँचखाल र पनौतीमा आवश्यक प्रक्रिया सुरु गरिएको बताइएको छ । नेपाली सेनाका अनुसार पनौतीमा निर्माण हुन लागेको राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सञ्चालन विधेयकको मस्यौदासमेत तयार भइसकेको छ । नेपाली सेनाका सहायक रथी तथा प्रवक्ता सन्तोषबल्लभ पौड्यालले विश्वविद्यालयको सङ्काय र अध्यापनको विषय छनोट गरी आवश्यक पाठ्यक्रम विकासका लागि प्रक्रियासमेत थालिएको बताएका छन् । उनका अनुसार पाठ्यक्रम निर्माणका लागि चार विज्ञलाई छनोट गरिएको र बाँकी सात विज्ञ लिने प्रक्रियासमेत थालिएको छ ।

राष्ट्रिय सुरक्षासम्बद्ध सञ्जालको विकास गर्नुका साथै रणनीतिक संस्कार (स्ट्रयाटेजी कल्चर) र उच्चस्तरीय नागरिक–सैनिक सम्बन्ध विस्तार गर्न सहयोग पुर्याउने महत्वाकांक्षी योजनासहित विश्वविद्यालय स्थापना गर्न लागिएको हो । आर्थिक वर्ष २०८०/८१ भित्र विश्वविद्यालयका संरचना तयार गरी पहिलो चरणको तालिम सञ्चालन गर्ने गरी प्रक्रियागत कार्यलाई तीव्रता दिइएको जनाइएको छ । प्रवक्ता पौड्यालका अनुसार विश्वविद्यालयको आधारभूत साङ्गठानिक संरचना तयार गरी विस्तृत संरचनामा लागिएको छ ।

आव २०७६/७७ को नीति, कार्यक्रम तथा बजेटमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना गर्ने घोषणा गरी वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) सहितका प्रक्रिया अघि बढाइएको थियो । चालु आवमा रु ५८ करोड बजेट विनियोजन गरिएकामा यो वर्ष प्रतिष्ठान भवन र पुस्तकालय निर्माण गरिने पौड्यालले जानकारी दिए । उक्त विश्वविद्यालयको निर्माण सम्पन्न गर्न कूल रु सात अर्ब लाग्ने अनुमान गरिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top