आइतबारयता काबुल विमानस्थलमा १२ जनाको मृत्यु

३ भदाै, काठमाडौं।

Advertisement

अफगानिस्तानको काबुल विमानस्थल र वरिपरि गरी आइतबारयता १२ जनाको मृत्यु भएको छ । गत आइतबारदेखि बुधबारसम्म १२ जना अफगानको ज्यान गएको तालिबानले जनाएको छ ।

उनीहरुकाे गोली प्रहार र भगदौडमा किचिएर मृत्यु भएकाे तालिबानका एक अधिकारीले बताएका छन्। यात्रा गर्ने अधिकार नरहेको र बाहिरिने उपाय नरहेकालाई घर फर्किन जोड दिएको बताउँदै तालिबान अधिकारीले विमानस्थलमा रहेका कसैलाई तालिबानले दुखित बनाउन नचाहेको दाबी गरे ।

Advertisement

अफगानिस्तानबाट हजारौं सर्वसाधारण बाहिरिने प्रयास गर्दा विमानस्थलमा भागदौड भएको थियो । अमेरिकी सेनाको नियन्त्रणमा रहेको विमानस्थलबाट बर्हिगमन ब्यवस्थित बनाउन गोली समेत चलाइएको थियो ।

काबुल विमानस्थल अमेरिकी सेनाको नियन्त्रणमा रहेको छ । तर चारैतिर तालिबानको उपस्थिति बलियो देखिएको छ । सशस्त्र तालिबानले कागजात रहेका सर्वसाधारणलाई समेत विमानस्थल प्रबेशमा रोक लगाएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top