नवनियुक्त रक्षा सचिव र कायममुकायम प्रधान सेनापतिबीच शिष्टाचार भेट

३ भदौ ७८, बिहीबार

३ भदाै, काठमाडौँ ।

Advertisement

कायममुकायम प्रधान सेनापति प्रभुराम शर्मा र रक्षा मन्त्रालयका नवनियुक्त सचिव बेगेन्द्रराज शर्मा पौड्यालबीच शिष्टाचार भेटवार्ता भएको छ । उनीहरुबीच बिहीबार जंङ्गी अड्डामा भेटवार्ता भएकाे हाे ।

उक्त भेटवार्ता पश्चात् जङ्गी अड्डाका विभिन्न विभाग र महानिर्देशनालयहरूबाट रक्षा सचिव समक्ष काठमाडौँ तराई–मधेश द्रुतमार्गको प्रगति विवरण र नेपाली सेनाद्वारा सञ्चालित कल्याणकारी कार्यक्रम लगायत नेपाली सेना सम्बन्धी विविध पक्षहरूमा प्रस्तुतीकरण तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

Advertisement

उक्त भेटघाटमा रक्षा मन्त्रालयका सह–सचिवहरू तथा नेपाली सेनाका रथीबृन्दहरुको समेत उपस्थिति रहेको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top