प्रा डा केसीको माग लोकतान्त्रिक तवरले सम्बोधन हुने

प्रा डा केसीको माग लोकतान्त्रिक तवरले सम्बोधन हुने

काठमाडौँ, असार २४

गृहमन्त्री रामबहादुर थापाले चिकित्सासम्बन्धी विधेयक सदनमा प्रस्तुत भएकाले प्रा डा गोविन्द केसीले उठाएका माग लोकतान्त्रिक तवरले सम्बोधन गरिने बताएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ माथिको छलफलका क्रममा उठेको प्रश्नको जावाफ दिँदै उनले प्रा डा केसी र गांगामाया अधिकारीका माग सम्बोधन हुने बताए ।

गृहमन्त्रीले बाढी र पहिरोजस्ता प्राकृतिक विपत्बाट २४ जनाको मृत्यु भएको तथा मानवीय एवं भौतिक क्षतिको क्षतिपूर्ति उपलब्ध गराउन मन्त्रालय सक्रियतापूर्वक लागेको जानकारी दिए । उनले दुर्गम क्षेत्रमा प्रहरीचौकीको व्यवस्था गरी जनताको सुरक्षा व्यवस्था गरिने बताए ।

द्वन्द्वकालीन घाइतेका विषयमा मन्त्रालयले व्यवस्थापन गर्न लागिपरेको जानकारी उनले दिए । गृहमन्त्री बादलले शान्ति सुरक्षालाई स्थापित गर्ने र विपद्मा आधारभूत सेवा पु¥याउनका लागि रु ५४ अर्ब बजेट विनियोजन भएको र सो बजेटको ४ प्रतिशत राहत तथा उद्धारमा लगाइएको बताए ।

गृहमन्त्रीले विदेश भ्रमणमा जाँदा उपकुलपतिले कुलपतिलाई जानकारी दिनुपर्ने भए पनि नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा डा कुलप्रसाद कोइराला जानकारीविना क्यानडा जान लागेकाले फर्काउनुपरेको स्पष्ट गरे ।
रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.