सेजन र केयूले अर्थतन्त्रका मुद्दामा सहकार्य गर्ने

४ भदौ ७८, शुक्रबार

४ भदौ, काठमाडौं ।

Advertisement

अर्थतन्त्रका विविध विषयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन) काठमाडौं युनिभर्सिटी(केयू)बीच सहकार्य गर्ने सम्झौता भएको छ ।

केयुका उपकुलपति प्राडा भोला थापाको उपस्थिीमा बिहीबसेजनका अध्यक्ष भीमप्रसाद गौतम र केयू स्कूल अफ आर्टसका डिन प्राडा। सागरराज शर्माबीच सहकार्यको सम्झौतामा हस्ताक्षर भएको हो ।

Advertisement

सम्झौता अनुसार, अर्थतन्त्रसँग सम्बन्धित नीति, सार्वजनिक संवाद, तालिम, अभिमुखीकरण, अन्तरकृयाका साथै अध्ययन अनुसनधानमा सहकार्य हुनेछ ।

काठमाडौं युनिभर्सिटीले नेपालको अर्थतन्त्र माथि उकास्न विभिन्न कार्य गरे पनि त्यसलाई जनतासामू लैजान नसकेको उपकुलपति डा। थापाले बताए ।

Advertisement

‘केयूले विभिन्न क्षेत्रमा काम गरिरहेको छ,’ उनले भने, ‘तर, जनता तथा नीति निर्मातासामू लैजान सकिएको छैन । हामीले गरेको कार्यलाई मिडियामार्फत जनतासामू लैजान सेजनले महत्वपूर्ण भूमिका निर्वाह गरोस् ।’

आर्थिक पत्रकार समाजका अध्यक्ष भीमप्रसाद गौतमले केयूले गर्ने हरेक अध्ययन तथा अनुसन्धानमा सेजनका सदस्यलाई सहभागी गराएर लैजान आग्रह गरे । त्यसका अलावा उनले केयूबाट हुने हरेक गतिविधि आर्थिक पत्रकारलाई महत्वपूर्ण हुने उनको भनाई थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top