गत आवमा रू १६ अर्बको तरकारी आयात

४ भदौ, काठमाडौं ।

गत आर्थिक वर्षमा नेपालमा रू. १६ अर्ब बराबरको ५ लाख ७९ हजार मेट्रिक टन (मेटन) विभिन्न प्रकारका तरकारी आयात भएको छ भने रू. १३ करोड बराबरको करीब ६ हजार मेटन तरकारी निर्यात भएको छ ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयका अनुसार आर्थिक वर्ष २०१९।२० मा ३९ लाख ६२ हजार मेटन बराबरको तरकारी आयात भएको देखिन्छ ।

मुलुकको कुल तरकारीको मागमा आयातको अंश करीब ११ प्रतिशत बराबर रहेको छ । १० वर्षअगाडि नेपालको तरकारी बजारमा आयातको अंश करीब ४ प्रतिशत मात्र रहेको थियो ।

विगत १३ वर्षको अवधिमा तरकारीको आयातको औसत वार्षिक वृद्धिदर करीब २७ प्रतिशत रहेको छ । कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार विगत १० वर्षमा तरकारीको औसत आर्थिक वृद्धिदर करीब करीब २ दशमलव ५ प्रतिशत मात्र रहेको छ ।

नेपालमा तरकारीको कुल माग ४४ लाख ४५ हजार मेटन रहेको छ । आर्थिक वर्ष २०२०÷२१ मा तरकारीको कुल आयातमा भारतको अंश करीब ९० प्रतिशत रहेको छ भने चीन र बँगलादेशको अंश क्रमशः ८ र २ प्रतिशत रहेको छ । नेपालमा विश्वका विभिन्न २० ओटा देशबाट तरकारी आयात हुने गर्छ ।

अफ्रिका महादेशदेखि यूरोप, एशिया र अमेरिकाका विभिन्न देशबाट नेपालमा तरकारी आयात हुने गर्छ । कुल आयातित तरकारीमा आलुको अंश करीब ५२ प्रतिशत रहेको छ भने प्याज, लसुन, टमाटर, च्याऊ, केराऊ तथा अन्य हरिया कोशा काउलीबन्दा, भेडेखुर्सानी फर्सी लौका आदि पनि प्रशस्त मात्रामा आयात हुने गर्छ ।

उपर्युक्त तथ्यांक र तथ्यहरूबाट नेपालमा तरकारीको उत्पादन र निर्यातमा जडता देखिएको छ भने आयातको वृद्धिदर उच्च रहेको देखिन्छ । आयातको प्रवृत्ति र उत्पादनको अवस्थालाई हेर्दा आगामी वर्षहरूमा तरकारीको आयात अझ वृद्धि हुन जाने देखिन्छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top