भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितका लागि छुट्टै डायलासिस

३ भदौ ७८, शुक्रबार

४ भदौ, चितवन ।

भरतपुर अस्पतालमा कोरोना सङ्क्रमितको मिर्गौला डायलासिस गर्न छुट्टै उपकरणको व्यवस्था गरिएको छ । डायलासिस विभागमा रहेका नौवटा उपकरणमध्ये एउटा कोभिड सङ्क्रमितका लागि छुट्याइएको हो।

अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार कोभिडका लागि छुट्टै राखिएको डायलासिस उपकरणमा साउनमा मात्रै छ कोभिड सङ्क्रमितले १३ पटक सेवा लिएका छन् । अस्पतालमा रहेका १२ डायलासिस उपकरणमध्ये एउटा बिग्रिएको छ भने दुई प्रयोगमा नै आएका छैनन् ।

दैनिक चार सिफ्टमा डायलासिसको काम हुँदै आएको यस अस्पतालमा अहिले मासिक १०१ व्यक्तिले नियमित सेवा लिँदै आएका छन् । साउनमा मात्रै १२१ ले सेवा लिएको उहाँले जानकारी दिए । साउनमा सेवा लिएकामध्ये ४९ महिला र ७२ पुरुष छन् ।

डायलासिस विभागकी सुनिता देवकोटाका अनुसार अहिले पालो पर्खेर बसेका बिरामीको सङ्ख्या ४० रहेको छ । पालो पर्खेर बसेकाले दुई महिनासम्म पालो कुर्नुपर्ने हुन्छ । उनीहरुले यहाँ लामो समयसम्म पालो कुर्नुपर्ने भएपछि अन्य अस्पतालबाट सेवा लिने गरेका छन् ।

अस्पतालमा पालोमा रहेका बिरामीलाई क्रमशः सेवा दिने उनले जानकारी दिइन् । चिकित्सकको सल्लाहले आकस्मिक मिर्गौलाको डायलासिस गर्नुपर्नेलाई भने पालो कुर्नु नपर्ने बताएन् । २०७४ सालमा यस अस्पतालमा डायलासिस सेवा सञ्चालनमा आएसँगै एक व्यक्तिले ३०९ पटकसम्म सेवा लिएको तथ्याङ्क छ ।

आकस्मिक सेवा लिनुपर्दा दुई हजार ५०० रुपैयाँमा सेवा दिइने गरेको छ । यो सेवा निजीमा भन्दा सस्तो हो । निजी अस्पतालले एकपटकको तीन हजार ५०० देखि सात हजार रुपैयाँसम्म लिने गरेका छन् । सरकारी अस्पतालमा प्रक्रिया पुर्याएर उपचारका लागि आए यो सेवा निःशुल्क हुनेछ ।

सरकारी अस्पतालमा सबै उपकरण सञ्चालन नहुँदा र उपकरणको कमीले चाहेर पनि धेरैले यो सेवा लिन पाएका छैनन् ।

भर्खरको समाचार

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

सम्बन्धित समाचार

Scroll to Top