अफगान मुद्दामा पाकिस्तानसँग समन्वय गरेर अघि बढ्छौँ : चिनियाँ विदेशमन्त्री

३ भदौ ७८, शुक्रबार

४ भदाै, बेइजिङ।

चीनले अफगानिस्तानमा विकसित परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएको छ । चिनियाँ विदेश मन्त्रीले बुधवार सो धारणा राखेका हुन् । उनले हालै अफगानिस्तानमा विकास भएको परिस्थितिका लागि पाकिस्तानसँग समन्वय गरेर अघि बढ्ने बताएका हुन् ।

चिनियाँ विदेशमन्त्री वाब यीले अफगानिस्तानलाई आवश्यक सहयोग र सहज रुपमा अहिलेको सङ्क्रमणको व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग समन्वय गर्नेछ ।

बुधवार साँझ विदेशमन्त्री वाब यी र पाकिस्तानी विदेशमन्त्री साहमोहमद कुरेसीबीच फोन वार्ता भएको थियो । त्यस फोनवार्ताका क्रममा विदेशमन्त्री वाब यीले हाल अफगानिस्तानमा विकसित परिस्थितिलाई सामान्य बनाउन र त्यहाँको सङ्क्रमणकालीन व्यवस्थापनका लागि चीनले पाकिस्तानसँग सम्पर्क र समन्वय गरेर अघि बढ्ने छ भनेका हुन् ।

उनले अफगानिस्तानलाई आतङ्कवादका विरुद्धमा चीनले सहयोग गर्ने धारणा पनि राखेका थिए । त्यस फोन वार्ताका क्रममा विदेशमन्त्री वाब यीले भनेका थिए कि चीनले अब अफगानिस्तानलाई आतङ्कवादबाट बचाउनका लागि सहयोग गर्नेछ र अब अफगानिस्तान पनि आतङ्कवादी जम्माहुने स्थान बन्नु हुँदैन । गएको आइतबार काबुललाई तालिबानीले कब्जामा लिएका छन् ।

उनीहरूले तालिबानी सरकार गठनको तयारी पनि गरिरहेका छन् । काबुलबाट प्राप्त समाचारअनुसार त्यहाँ जताततै तालिबानका हतियारधारी लडाकूले गस्ती गरिरहेका देखिएको छ भने आफ्नादेश फर्किन चाहने विदेशीले गर्दा त्यहाँको विमानस्थलको अवस्था अस्तब्यस्त भएको छ ।सिन्ह्वा

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top