नेपाली कांग्रेसले सरकार चलाउन सक्दैन: पशुपति शमशेर जबरा

४ भदौ, काठमाडौँ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शमशेर जबराले नेपाली कांग्रेसले सरकार चलाउन नसक्ने बताएका छन् । शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष जबराले एक महिना वितिसक्दा समेत मन्त्रीपरिषदलाई पूर्णता दिन नसकेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाको चर्को आलोचना समेत गरे ।

Advertisement

ओली सरकारले ल्याएको दल विभाजन सम्बन्धी अध्यादेशको विरोध गर्नेले नै पार्टी फुटाउन पाउनेगरी अध्यादेश ल्याएको उल्लेख गर्दै अध्यक्ष जबराले नेपाली कांग्रेसले तिन, चार महिनाको अन्तरालमा शासन चलाउन नसक्ने दाबी गरे । उनले भने – ‘त्यही मान्छे जसले पहिला केपी ओलीले ४० प्रतिशत भएदेखि पार्टी फोड्न पाइन्छ भन्दाखेरी त्यस्तो काम गर्नु हुँदैन अस्थिरता ल्याउँछ भनेर भनेको । त्यही पार्टीले २० प्रतिशतले पनि फुटाए हुन्छ भन्ने अध्यादेश ल्यायो । दुवै ठुला पार्टी, एउटा पार्टी त चकनाचुर नै भो । अर्को ठुला पार्टीले मलाई लाग्छ तिन, चार महिनाको दरमियानमा यो मुलुकमा उसले पनि शासन चलाउन सक्दैन ।’

राप्रपाले राजसंस्थाको झण्डा फहराउँछ

Advertisement

अध्यक्ष जबराले आफ्नो पार्टीेले हिन्दु राज्यको स्थापना र राजसंस्थाको झण्डा फर्फराएर मुलुकको प्रगतिको लागि अगाडी बढ्ने दोहो¥याए । राप्रपामा नयाँ प्रवेशी र पुराना सबै एकतावद्ध भएर अगाडी बढ्ने उनको भनाई छ । उनले भने – ‘महाधिवेशन सिद्ध गरी महाधिवेशनबाट उत्पन्न भएको दह्रो राष्ट्रिय प्रजातन्त्र पार्टी जसमा धेरै नयाँ प्रवेशीहरु आइसकेका हुन्छन्, त्यो बखत राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो झण्डा फर्फराएर हिन्दुत्व, राजसंस्था लगायत मुलुकको प्रगतिको लागि अगाडी बढ्छ ।’

अध्यक्ष जबराले आफुहरुले मुलुकलाई सुशासन दिने पनि उल्लेख गरे ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top