जुन गतिबाट राष्ट्र अघि बढ्न खोजेको छ त्यसले राम्रो सङ्केत दिँदैन : पूर्व प्रदेश प्रमुख प्रसाईँ

५ भदाै, मकवानपुर ।

Advertisement

बागमती प्रदेशको पूर्व प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँले आम नागरिकलाई जस्तै आफु पनि अहिलेको राजनीतिबाट सन्तुष्ट नभएको बताएका छन् । शनिबार बिहान पत्रकारसँग कुरा गर्दै उनले अहिले जुन गतिबाट राष्ट्र अघि बढ्दैछ त्यसले राम्रो सङ्केत नदिएको बताए ।

प्रसाईँले पूर्व प्रधानमन्त्री केपी ओलीले दल विभाजन सम्बन्धी अध्यादेश ल्याउँदा विरोध भएर अध्यादेश फिर्ता लिनुपरेको भन्दै अहिले त्यही विरोध गर्नेहरूले अध्यादेश ल्याउँदा लोकतान्त्रिक भयो, भन्दै प्रश्न गरे । उनले भने, “अहिले जुन गतिबाट राष्ट्र अघि बढ्न खोजेको छ त्यसले राम्रो सङ्केत दिँदैन ।” उनले पदमा नरहँदा पनि आफु संवैधानिक हिसाबले चल्ने भन्दै प्रदेश प्रमुखमा सिफारिस गर्ने तत्कालिन प्रधानमन्त्री केपी ओली र प्रदेश प्रमुखमा नियुक्त गरेकोमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई धन्यवाद दिएका छन् ।

Advertisement

बागमती प्रदेश प्रमुखको जिम्मेवारी प्रसाईँले २०७६ साल कात्तिक १९ गतेबाट सम्हालेका थिए। २१ महिना १६ दिनसम्म प्रदेश प्रमुखको जिम्मेवारीमा रहनु भएका प्रसाईँले सक्रिय राजनीतिबाट आउँदा साँघुरो घेराभित्र बसेको महसुस भए पनि सन्तुष्ट रहेको बताए । पूर्व प्रदेश प्रमुख प्रसाईँले बागमती प्रदेश प्रमुखमा नियुक्त भएका यादव चन्द्र शर्मालाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।

मन्त्रिपरिषद् बैठकले बागमती प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाईँलाई पदबाट हटाएर शर्मालाई नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस भएसँगै शुक्रवार शर्माले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका थिए ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top