अप्रिल–जूनमा दक्षिण अफ्रिकामा हत्या र बलात्कारमा वृद्धि : प्रहरी

१५ साउन, एजेन्सी ।

दक्षिण अफ्रिकामा हत्या र बलात्कारका घटना अप्रिल–जूनको तीन महिनामा गत बर्ष सोही अवधिको तुलनामा उच्च रहेको दक्षिण अफ्रिकाको प्रहरीले शुक्रबार सार्वजनिक तथ्याङ्कमा बताएको छ । देशले कोरोनाभाइरसको गम्भीर सङ्कट झेल्दै गरेका समय हत्या र बलात्कारका घटना बढ्नु गलत सङ्केत भएको प्रहरीको भनाइ रहेको छ ।

तीन महिनाको दौडान कम्तीमा पनि १० हजार बलात्कार र पाँच हजार ७०० हत्याको रेकर्ड गरिएको छ । यो गत वर्षको जूनपछि ६० प्रतिशतभन्दा बढीले वृद्धि हो । अहिलेको यो सङ्ख्याले सन् २०१९ को महामारीपूर्वको स्तरको एक प्रतिशतभन्दा कम वृद्धि देखाउँछ ।

प्रहरीमामिला मन्त्री भेकी सेलेले प्रिटोरियामा टेलिभिजनमार्फत् दिएको जानकारीमा भने, “यद्यपि यो दोहोरो अङ्कको वृद्धिले देशको समग्र वास्तविक तस्वीर झल्काउने भने छैन किनभने त्यसलाई लकडाउन र आवतजावतमा लगाइएको प्रतिबन्धको असामान्य अवधिसँग तुलना गरिएको छ ।” महामारी पूर्वको स्तरको तुलनामा उक्त दर ०.६ प्रतिशत बढी भएको उनले बताए ।

समीक्षा गरिएको अवधिका समय महामारी नियन्त्रणका लागि लगाइएको निषेधाज्ञाको समय कम गरिएको थियो भने स्थानीयस्तरमा मानवीय आवतजावतमा निकै खुकुलो बनाइसकिएको थियो । दक्षिण अफ्रिका विश्वमा हिंसात्मक गतिविधि धेरै हुनेमध्ये एक हो यहाँको हत्या दर निरन्तर बढिरहेको छ । सन् २०१९÷०२० मा, यस देशमा २१ हजारभन्दा बढी हत्याहरू भएका थिए जुन गत अघिल्लो वर्षभन्दा १.४ प्रतिशतले बढी हो ।

“प्रहरीले गरेको चार हजार नमुनामध्ये वैचारिक भिन्नता, गलत बुझाई र घरेलु तथा सडकजन्य झडप नै हत्याका समग्र कारक रहनेगरेको पाइन्छ,” तथ्याङ्कशास्त्री तथा प्रहरी मेजर–जनरल थुलारे सेखुखुनियाले बताए ।

भर्खरको समाचार

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

सम्बन्धित समाचार

Scroll to Top