थप २,०७५ जनामा कोरोना संक्रमण पुष्टि, ३० जनाको मृत्यु

५ भदाै, काठमाडौं।

Advertisement

नेपालमा पछिल्लो २४ घन्टाभित्र थप २ हजार ७५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १३ हजार ७५ नमूना परीक्षण गर्दा २ हजार ७५ जनामा संक्रमण पुष्टि भएको हो। तीमध्ये एक हजार ४२४ जना पीसीआर र ६५१ जना एन्टिजेन परीक्षणबाट संक्रमण पुष्टि भएका हुन्।

Advertisement

उक्त अवधिमा कोरोना संक्रमणका कारण ३० जनाको मृत्यु भएको  छ। यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ पुगेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top