५ भदाै, एजेन्सी ।
चीनमा एक दम्पतिले तीन सन्तान जन्माउन पाउने भएका छन् । सरकारले शुक्रबार थ्री-चाइल्ड पोलिसीलाई आधिकारिक मान्यता दिएको छ ।
यसअघि एक दम्पतिले दुइ सन्तान मात्र जन्माउन पाउने नियम थियाे । जन्मदरमा कमी आएपछि सरकारले यस्तो नियम ल्याएको हो ।
साथै, सरकारले नागरिकलाई बच्चा जन्माउन प्रेरित गर्न आर्थिक सहायता पनि दिने भएको छ । बच्चाको शिक्षा, दिक्षा, पालन र पोषणको बोझ अभिभावकलाई पर्न नदिन सरकारले मद्दत पनि गर्ने भएको छ ।
पाँच वर्षमा नै चीनले टु-चाइल्ड पोलिसीमा परिवर्तन गरेको हो । वान चाइल्ड पोलिसी लागू भएको तीन दशकमा चीनले ४० करोड जनसंख्यालाई रोक्न सकेको छ । चीनमा १० वर्षमा एकपटक जनगणना हुने गरेको छ ।
पछिल्लो दशकमा त्यहाँको जनसंख्या वृद्धिदर निकै सुस्त भैरहेको छ ।










