माओवादी केन्द्रले नेताहरुको कार्य विभाजन भोलि टुङ्ग्याउने

५ भदाै, काठमाडाैँ ।

सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)ले पार्टी नेताहरुको कार्य विभाजनसम्बन्धि छलफल सुरु गरेको छ । पार्टी केन्द्रिय कार्यालय पेरिसडाँडामा शनिबार बसेको स्थायी समिति बैठकमा पार्टीका नेताहरुको कार्य विभाजन, आसन्न पार्टीको राष्ट्रिय सम्मेलनलगायतको तयारीलगायतका सांगठानिक कामलाई टुंगो लगाउने गरी छलफल सुरु गरेको हो ।

आईतबार बिहान बस्ने बैठकमा टुंगो लगाउने गरी नेताहरुको कार्य विभाजन, आगामी पुस ११, १२ र १३ गते आयोजना हुने राष्ट्रिय सम्मेलनको तयारीका विषयमा पनि छलफल सुरु गरिएको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

उनले भने, ‘सांगठानिक कतिपय विषयहरुको बारेमा निर्णय लिन केन्द्रिय समितिले स्थायी समितिलाई जिम्मेवारी दिएको थियो । केन्द्रिय समितिको रिक्त पद पूर्ति गर्ने कि नगर्ने ? प्रदेशमा रहेका रिक्त पदाधिकारी पूर्ति गर्ने कि नगर्ने? केन्द्रिय सदस्यहरुको कार्य विभाजन गर्ने, विषयमा स्थायी समितिले निर्णय लेओस भनेर केन्द्रिय समिति बैठकले निर्देशन दिएको थियो । आजको बैठक मुख्यरुपमा यही विषयमा केन्द्रित थियो । र भोली विहान ११ बजे बस्ने बैठकले त्यसबारेमा आवश्यक निर्णय लिनेछ । त्यसको साथसाथै हामी पुस ११, १२ र १३ गते राष्ट्रिय सम्मेलन सम्पन्न गर्ने र त्यो सम्मेलनलाई केन्द्रविन्दुमा राखेर सदस्यता नविकरण, वितरण देखि वडा अधिवेशन, प्रदेश अधिवेशनसम्मको अधिवेशन र सम्मेलनहरु तय गरेको सन्दर्भमा हाम्रो निर्वाचन आयोगले निर्वाचन निर्देशिका तयार गरेर तल पठाउने र त्यसका आधारमा सबै अधिवेशन र कमिटीहरु निर्माण हुने भएकाले निर्वाचन निर्देशिका तल पठाउने बारेमा पनि आजको बैठकमा एजेन्डा थियो । भोली बस्ने बैठकले आवश्यक निर्णय लिनेछ ।’

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top