मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनीले ३३ गाडी बेचेको खुलासा

६ भदौ, काठमाडौँ ।

Advertisement

मेलम्ची खानेपानी आयोजनामा प्रयोग भएका ३३ वटा गाडी आयोजना निर्माण कम्पनी सीएमसीले जानकारी नै नदिई बेचेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ ।

समितिका सूचना अधिकारी तथा इन्जिनियर राजेन्द्रप्रसाद पन्तले आयोजना सम्पन्न नगरी भागेको निर्माण कम्पनीले आफूले भुक्तानी गर्न बाँकी रहेका सहायक निर्माण कम्पनी तथा सप्लायर्सहरूलाई ती गाडी दिएको तर कम्पनीले त्यसबारे समितिलाई कुनै जानकारी नगराएको बताए । सीएमसीले अधिकांश गाडीहरू बिरा मोटर्सलाई दिएको छ । हाल ती गाडीहरू सीएमसीको नाममा छैनन् ।

Advertisement

उनले भने, “सीएमसीले बीचैमा काम छाडेर हिँडेपछि त्यसका सबै उपकरण आयोजनाको हुनुपर्दछ तर ती गाडीहरू पहिल्यै उसले अरूको जिम्मा लगाएको रहेछ । दर्जनौँ टिप्पर थिए, कम्पनीले सबै गाडी पहिल्यै व्यवस्थापन गरिसकेको पाइएको छ ।

मेलम्ची खानेपानी आयोजना र सीएमसीको हिसाब अझै स्पष्ट छैन । मुद्दा चलिरहेको छ ।” समितिका अनुसार गाडी, टिप्पर र केही औजार बिरा मोटर्सले आफ्नो दाबी गरेको छ । त्यसैमा मुद्दा परेको छ ।

Advertisement

महालेखा परीक्षकको ५८औँ वार्षिक प्रतिवेदनअनुसार मेलम्ची खानेपानी आयोजनाले बैङ्क ग्यारेन्टी सुविधा उपयोग गरी कुल ४५ थान गाडी आयात गरेको छ ।

ती गाडीमध्ये निर्माण कम्पनीले ३३ वटा बिक्री गरेको छ भने बाँकी गाडीका बारे मेलम्ची आयोजनालाई जानकारी छैन । हेडबक्स तथा सुरुङ निर्माणको सम्झौता गरेको निर्माण कम्पनीले किनेका १० वटा प्राडोसहित २७ वटा गाडी छन् ।

ती गाडीको उपयोग र अवस्थाबारे कार्यालयलाई जानकारी नभएको उल्लेख गरी महालेखालाई समितिले विवरण दिइएको थियो ।गाडीको प्रयोग र दाबीमा विवाद भएपछि अदालतमा मुद्दा विचाराधीन रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ तर बिरा मोटर्सले भने कम्पनीसँग सम्झौता गरेर गाडी किनेको जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top