‘असल कम्युनिष्टबीच एकता आवश्यक’ – वर्षमान पुन

६ भदौ, भक्तपुर ।

Advertisement

नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य वर्षमान पुनले माओवादी केन्द्रका नेतृत्वमा कम्युनिष्ट पार्टी बनाउन लागिएको जानकारी दिएका छन् ।

वाइसीएल सूर्यविनायक नगर भेलालाई शनिबार सम्बोधन गर्दै उनले कम्युनिष्टहरूलाई एकताबद्ध बनाउने जिम्मेवारी आफ्नो पार्टीको भएको बताएका हुन् ।

Advertisement

उनले भने, “नेपालमा कम्युनिष्ट एकता जरुरी थियो, आज पनि छ, एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकताको दुरुपयोग गर्नुभयो, अब असल कम्युनिष्टबीच एकता आवश्यक छ, सम्भव पनि छ, अब माओवादी केन्द्र एकताको झण्डा बोकेर जनताबीच जान्छ र कम्युनिष्ट एकता सफल पार्छौँ ।”

अहिले संविधान, लोकतन्त्र, गणतन्त्र, धर्म निरेपक्षता तथा समावेशितालाई जोगाउन कम्युनिष्ट र नेपाली कांग्रेसका बीचमा एकता भएको उनको भनाइ थियो ।

Advertisement

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं भक्तपुर इन्चार्ज दिलीप प्रजापति, अर्का केन्द्रीय सदस्य एवं वाइसीएल नेपालका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा, जिल्ला अध्यक्ष डिपी ढकाल, बागमती प्रदेश सदस्य प्रतिमा श्रेष्ठ, वाइसीएल नेता कसम गुरुङ, दिनेश थपलिया, सविन आचार्य, नरेश वाइवा, नरेश रञ्जितलगायतले वाइसीएल देश बनाउन लाग्नुपर्नेमा जोड दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top