इन्टर मिलानको सानदार सुरुवात

६ भदौ ७८, आइतबार
Share this
767shares

६ भदौ, काठमाडौँ ।

Advertisement

साविकको विजेता इन्टर मिलानले नयाँ सिजनको इटालियन सिरी ‘ए’ मा विजयी सुरुवात गरेको छ । गएराति भएको खेलमा इन्टरले जिनोआमाथि ४–० को जित निकालेको हो ।

घरेलु मैदानमा खेलको छैटौ मिनेटमा मिलान स्क्रिनिएरको गोलबाट इन्टरले अग्रता लिएको थियो । १४औं मिनेटमा हकान चलहानोग्लुले गोल गर्दै इन्टरको अग्रता दोब्बर पारे ।

Advertisement

७४औं मिनेटमा सब्सिच्युट आर्टुरो भिडालले गोल गर्दै इन्टरलाई ३–० को अग्रता दिलाए । त्यसपछि ८७औँ मिनेटमा इडेन जेकोले गोल गर्दै इन्टरलाई ४–० को सानदार जित दिलाए ।

जितसँगै इन्टरले पहिलो खेलमै महत्वपूर्ण ३ अंक जोडेको छ । जिनोआले भने हारबाट सिजनको सुरुवात गरेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top