वामदेव गौतमको प्रस्टीकरण – ‘अहिलेसम्म म एमालेमै छु’

६ भदौ, काठमाडौँ

Advertisement

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अहिलेसम्म आफू पार्टीमै आबद्ध रहेको बताएका छन् ।

केही दिनदेखि विभिन्न सञ्चारमाध्यममा गौतम नेकपा एकीकृत समाजवादी पार्टीमा लागिसकेको र मन्त्री बन्ने तयारीमा रहेको भन्ने विभिन्न प्रकारका भ्रम फैलाउने समाचारहरु प्रकाशित भएको भन्दै आइतबार उनको सचिवालयले वक्तव्य जारी गरेर हालका लागि नेकपा एमालेमै रहेको स्पष्ट पारेको हो ।

Advertisement

’आजकल केही दिनदेखि विभिन्न पत्रपत्रिका र सामाजिक सञ्जालमा क. वामदेव गौतमको नाम जोडेर मन्त्री बन्दै हुनुहुन्छ। नेकपा एकीकृत समाजवादी पार्टीमा गइसकेको भन्दै फोटोसहितका ब्यानर प्रकाशित गर्नु उहाँको चरित्र हत्या गर्नुबाहेक केही होइन,’ गौतमको सचिवालयले भनेको छ, ’

क. गौतम अहिलेसम्म एमालेमा नै रहेको र नेकपा (एमाले)को नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि मतभेद राख्दै आएको कुरा पनि स्वाभाविक हो। तसर्थ, अन्य खाले प्रचार–प्रसारमा कुनै सत्यता नभएको जानकारी गराउन चाहन्छु।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top