रुस, चीन र इरानले अफगानिस्तानको अवस्थाको फाइदा उठाउनेछन् : टोनी ब्लेयर

६ भदौ, एजेन्सी ।

Advertisement

बेलायतका पूर्वप्रधानमन्त्री टोनी ब्लेयरले अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीलाई लिएर कडा आलोचना गरेका छन् ।

पूर्वप्रधानमन्त्री ब्लेयरले यसलाई गैरजिम्मेवार कदम भएको बताए । उनले गठबन्धन सेनाको फिर्तीबाट जिहादी (अत्यधिक प्रयास गर्न खोज्ने) गुटको हिम्मत बढ्ने बताए । यसको रुस, चीन र इरानले फाइदा उठाउने उनको भनाइ छ ।

Advertisement

टोनी ब्लेयरले गठबन्धन सेनाको फिर्तीलाई अफसोसजनक, खतरनाक र अनावश्यक बताए । २० वर्षअघि जब टोनी ब्लेयरको प्रधानमन्त्रीकालमा नै बेलायतले अफगानिस्तानमा आफ्नो सेना पठाएको थियो ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि काबुलबाट सेना फिर्ता बोलाउने बाइडेन प्रशासनको निर्णयको आलोचना गरेका छन् ।

Advertisement

अलबामाको एक ¥यालीमा पूर्वराष्ट्रपति ट्रम्पले यस कदमलाई ‘अहिलेसम्मकै सबैभन्दा ठूलो सैनिक हार’ को संज्ञा दिएका थिए ।

तर ट्रम्पले राष्ट्रपति पदमा रहँदा तालिबानसँग सम्झौता गरेका थिए जसको नतिजा अफगानिस्तानबाट अमेरिकी सेनाको फिर्तीको निर्णय हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top