अफगानिस्तानमा अलपत्र नेपालीद्वारा सरकारसँग छिटो उद्धार गर्न आग्रह

७ भदौ ७८, सोमबार

७ भदौ, काठमाडौं ।

Advertisement

अफगानिस्तानमा अलपत्र नेपालीहरुले छिटो उद्धार गर्न सरकारसँग आग्रह गरेका छन् ।

दूतावास र ठूला कम्पनीमा काम गर्नेहरुलाई सम्बन्धित देश र कम्पनीले उद्धार गरिरहे पनि साना कम्पनीमा काम गर्ने र कामविहीन नेपालीको भने उद्धार हुन सकेको छैन ।

Advertisement

उद्धारका लागि सरकारले भनेअनुसार विवरण टिपाए पनि आफूहरु अझै अलपत्र परेको उनीहरुको गुनासो छ । आफूहरु छिटै नेपाल फर्कन चाहेको सुर्खेतका पदम रोकाले बताए । उद्धारको पर्खाइमा रहेका नेपालीहरु होटलहरुमा कैदी जस्तै भएर बस्नुपरेको उनको भनाइ छ ।

अफगानिस्तानबाट अहिलेसम्म ५ सय ४ जना नेपाली स्वदेश फर्किएका सरकारले जनाएको छ । परराष्ट्र मन्त्रालयका अनुसार हिजो बेलुकीसम्म थप ३५६ जना नेपालीले उद्धार तथा स्वदेश फिर्ती प्रक्रियाका लागि कन्सुलर विभागको वेब पोर्टलमा आफ्नो विवरण दर्ता गराएका छन् ।

Advertisement

अफगानिस्तानमा विकसित पछिल्लो घटनाक्रमका कारण रोजगारीको सिलसिलामा रहेका नेपालीको अवस्था यकिन गरेर आवश्यक समन्वयका साथ उद्धार गर्न मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखाका प्रमुखको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।

उद्धारका लागि सूचीकृत भएकामध्ये नाम र राहदानी नम्बर दोहोरिएको, एकै जनाको धेरै ठाउँबाट विवरण भरिएको र उद्धार भइ सुरक्षित ठाउँमा पुगेकाको विवरण रुजु गरि उद्धार हुन बाँकीको विवरण अद्यावधिक गरिएको मन्त्रालयले जनाएको छ ।

उद्धार हुन बाँकी व्यक्तिको विवरण स्थानगत रूपमा अद्यावधिक गरि उद्धारका लागि उद्धार उडान गरिरहेका मित्र राष्ट्रसँग सहकार्य र समन्वय भइरहेको पनि मन्त्रालयले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top