काबुलबाट व्यावसायिक उडानबाट उद्धार अभियान अघि बढाउने अमेरिकी घोषणा

७ भदौ, काठमाडौं ।

Advertisement

अफगानिस्तानमा जारी उद्धार अभियानमा अब व्यावसायिक उडान गरिने अमेरिकाले घोषणा गरेको छ ।

उद्धार अभियानलाई थप तीव्र पार्नका लागि व्यावसायिक जहाजहरु पनि प्रयोग गरिने अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

Advertisement

रक्षा मन्त्रालयका अनुसार १८ विमानलाई व्यावसायिक उडानका लागि स्वीकृति प्रदान गरिएको छ । युनाइटेड एअरलायन्सका चार, अमेरिकन एअरलायन्स, एटलस एअर, डेल्टा एअरलायन्स र ओम्नी एअरका तीन–तीन तथा हवाइयन एअरलायन्सका दुई विमानले अब उद्धारमा व्यावसायिक उडान गर्नेछन् ।

अफगानिस्तानमा अगस्ट १५ मा तालिबानले सत्ता कब्जा गरेपछि धमाधम विदेशीको उद्धार भइरहेको छ । कयौँ उद्धारको पर्खाइमा छन् । हजारौँ अफगानीहरु देश छोड्न चाहिरहदा उनीहरुले काबुल छाड्न पाएका छैनन् ।

Advertisement

काबुल विमानस्थल बाहिर हजारौँ मानिस भिडभाड गरिरहेका छन् । अहिलेसम्म भागदौड तथा गोली लागेर कम्तीमा २० जनाको मृत्यु भइसकेको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top