माधव नेपाललाई छाडेका नेताहरु ओलीलाई भेट्न बालकोटमा

७ भदाै, काठमाडौं।

Advertisement

एमालेमा माधव नेपाल समूहमा रहदै आएका तर पार्टी विभाजनमा संलग्न नरहेका एकता पक्षधर स्थायी कमिटीका सदस्यहरुले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरेका छन्।  नेताहरु पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग वार्ता गर्न साेमबार बिहान बालकाेट पुगेका हुन्।

दोस्रो तहका नेताहरुको पहलमा उनीहरु निर्णायक छलफलका लागि बालकोट पुगेको र अहिले वार्ता जारी रहेकाे एमाले नेता सुवास नेम्वाङले बताए। भेटमा भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डेलगायतका नेताहरु सहभागी छन्।

Advertisement

नेम्वाङका अनुसार नेताहरु १० बुँदे कार्यान्वयनको विषयमा छलफल गर्न बालकोट पुगेका हुन् ।माधव नेपालले एमाले विभाजन गरेर नयाँ दल दर्ताका लागि निवेदन दिएपछि सो समूहबाट पनि अलग भएका उनीहरुले यसबीचमा एकता पक्षधर केन्द्रीय सदस्य र सांसदहरुको भेला राखेर १० बुँदे सहमति अक्षरशः कार्यन्वयन गर्न अध्यक्ष अ‍ोलीलाई अल्टिमेटम दिएका थिए ।

आज बेलुकीसम्म प्रक्रिया नथाले बिद्रोह गर्ने चेतावनी दिएका छन्। यो समूहमा स्थायी कमिटी, केन्द्रीय कमिटी र सांसद गरि ५७ जना छन्।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top