Nepal Times
Nepal Times
3
Shares

महामारीकै बीच मनाइँदै गाइजात्रा (फाेटाे फिचरसहित)

महामारीकै बीच मनाइँदै गाइजात्रा (फाेटाे फिचरसहित)

७ भदौ, काठमाडौँ ।
नेवारी समूदायले दिवंगत आफन्तको सम्झनामा मनाउने गाइजात्रा पर्व आज देशभर विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन लगातार गाईजात्रा विभिन्न कार्यक्रम गरेर मनाउने गरिन्छ ।

कोरोना भाइरसका कारण यस वर्षको गाईजात्रा स्वास्थ्य मापदण्ड पालना गर्दै सामाजिक दूरी कायम गरेर मनाउन काठमाडौं जल्ला प्रशासनले अनुरोध गरेको छ । काठमाडौं उपत्यकाका तीन जिल्ला (काठमाडौं, ललितपुर र भक्तपुर) सहित नेवार समुदायको बाहुल्यता रहेका देशभरका विभिन्न स्थानमा गाईजात्रा मनाउन लागिएको हो ।

आजका दिन गाई वा मानिसलाई गाईको रुपमा सिँगारेर आफ्नो क्षेत्रमा परिक्रमा गर्ने चलन छ । यसरी मानिसलाई गाईको रुपमा सिँगारेर नगर वा आफ्नो क्षेत्र परिक्रमा गर्नाले वर्षदिन भित्र दिवंगत भएकाहरुले धर्मशास्त्रमा वर्णित वैतरणी नदी सहजै पार गर्न सक्छन् भन्ने धार्मिक मान्यता रही आएको छ ।

राजा प्रताप मल्लले पुत्रको मृत्युको शोकमा भावविह्वल भएकी रानीलाई बुझाउनका लागि सबै जनतालाई आफ्नो घरबाट गाईजात्रा निकाल्नू भनेर आदेश दिएपछि यो पर्व शुरु भएको बताइन्छ । रानीलाई खुशी पार्न गरेको यो उपायले पनि रानी खुशी नभएपछि आजकै दिन विभिन्न हास्य व्यंग्यात्मक सिर्जनाहरुको कार्यक्रम आयोजना गरेर राजाले रानीको मन शान्त पारेको इतिहास छ । यसैबीच, सरकारले गाईजात्राको अवसरमा देशभर सार्वजनिक विदा समेत दिएको छ ।

तपाईंको प्रतिक्रिया

© copyright 2024 and all right reserved to Nepal Times | Design & Develop By : InDesign Media Pvt. Ltd.