सरकारको लक्ष्य भ्रष्टाचारबाट मुलुकलाई मुक्त गराउनेः प्रकाशशरण महत

७ भदाै, काठमाडाैँ ।

सत्तारुढ दल नेपाली काँग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले केही दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता महतले अबको केही दिन भित्रै मन्त्रीपरिषदले पूर्णता पाउने बताएका हुन्।

सबै पार्टीहरुलाई मिलाएर सरकार बनाउनु पर्ने भएकाले मन्त्रीपरिषदले पूर्णता पाउन ढिलाई हुन गएको उनको स्पष्टिकरण थियो । सहमहामन्त्री महतले काँग्रेस नेतृत्वको सरकारले नेपाली जनतालाई कोरोना भाइरसबाट सुरक्षित गर्ने र कम्युनिष्ट शासनमा भएका संस्थागत भ्रष्टाचारबाट मुलुकलाई मुक्त गराउने लक्ष्य लिएको पनि बताए । उनले सरकारले जनताको आर्थिक र सामाजिक जीवनमा भएका अस्तव्यस्ततालाई ध्यानमा राखेर काम गर्ने योजना पनि सुनाए।

सहमहामन्त्री महतले भने, “सरकार नेपाली कांग्रेसको नेतृत्वमा, शेरबहादुर देउवाजीको नेतृत्वमा बनेको छ, चुनौतिहरु धेरै छन्, अवसर पनि छ, यो चुनौतिलाई पार गर्न सक्यौँ भने धेरै ठूलो अवसर नेपाली कांग्रेसको अगाडि छ, नेपाली कांग्रेसलाई अवसर भनेको जनताका लागि पनि एउटा अवसर हो, ट्रयाक भन्दा बाहिर गएको यो देशलाई ट्रयाकमा ल्याउने अवसर हो भन्ने मलाई लाग्छ, नेपाली कांग्रेसको नेतृत्वमा बनेको सरकारले आकाश पाताल जोडेर हुने, नहुने कुरा गर्दैन, जनताप्रति केन्द्रीत भएर, जनताका प्राथमिक आवश्यक्ताहरु के छन् ?त्यसमा केन्द्रीत हुने प्रण प्रधानमन्त्री जीले पनि गर्नुभएको छ, अहिले सम्पूर्ण नेपाली जनतालाई सुरक्षित गर्ने पहिलो प्राथमिकता हो, त्यसमा प्रधानमन्त्रीले प्रतिवद्धता व्यक्त गर्नुभएको छ, सम्पूर्ण नेपालीहरुलाई खोप सुनिश्चित गरेर कोरोना संक्रमणबाट मुक्त गर्ने र कसैलाई संक्रमण भइहाले पनि खोप लगाएर जोखिम मुक्त अवस्थामा पुर्याउने अभियानलाई पूर्णता दिनुछ, हाम्रो सामाजिक, आर्थिक जीवनमा भएको अस्तव्यस्ततालाई त्यसलाई ट्रयाकमा ल्याएर सहज पार्ने काम सरकारको दायित्व हो भने दोस्रो कम्युनिष्ट सरकारको पालोमा संस्थागत रुपमा भ्रष्टाचार भएको छ, त्यसको पूरा अन्त्य गरेर नेपाली कांग्रेसले फरक रुपमा र व्यक्तिगत रुपमा लोभ लालच गर्ने कुराहरु हामी अन्त्य गर्दछौँ, जनताका खास खास आवश्यक्ता हाम्रो देशको साधन स्रोतले भ्याएसम्म जथाभावि जे मा पनि खर्च गरेर होइन, दुरुपयोग गरेर राज्यको साधन स्रोतलाई आफ्नो स्वार्थमा उपभोग गरेर जसरी शासन गत समयमा चल्यो, त्यसको ठीक उल्टो, लक्षित किसिमबाट सरकारले काम गर्दछ, यद्यपी समयमा मन्त्रीपरिषद् पाउन सकेन घटकलाई जोडेर सरकार बनाउनु पर्ने बाध्य छ, तर अब मलाई लाग्छ केही दिनमै मन्त्रीमण्डल पूरा हुन्छ भनेर प्रधानमन्त्री जीले विश्वास दिलाउनुभएको छ, अनि रफ्तारमा काम हुन्छ ।”

सहमहामन्त्री महतले नेपाली कांग्रेसले निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै पूर्ण रुपमा नेपाली जनताको पक्षमा काम गर्न सक्ने बताए। साथै उनले पार्टी महाधिवेशन नै अन्तिम लडाइँ भएको जसरी लड्नु नहुने बताए । सहमहामन्त्री महतले आउँदो आम निर्वाचन महत्वपूर्ण भएकोले पार्टीको महाधिवेशनमा नलडी अगाडि बढ्नुपर्ने धारणा राखे।

उनले भने, “निर्वाचनबाट एकल पूर्ण बहुमतका साथ काँग्रेस एक्लै सरकार बनाउन सक्ने हैसियत राखेपछि मात्रै फुल स्विङमा, नेपाली जनताको पक्षमा काम गर्न हामी सक्षम हुनेछौँ, यसका लागि हामी केन्द्रीत हुनुपर्छ, त्यो भन्दा अगाडि हाम्रो राष्ट्रिय महाधिवेशन हुँदैछ, यो हाम्रो पार्टी भित्र लोकतान्त्रिक तरिकाबाट वडादेखि केन्द्रसम्म विभिन्न जिम्मेवारी छ, त्यसलाई पूर्णता दिनुपर्ने हाम्रो बाध्यता हो, तर यही नै अन्तिम लडाइँ जसरी लड्ने कुरा गलत हो, पार्टी भित्र मानौँ कि, कुन कुन तहमा को को हुने नै अन्तिम लक्ष्य हो, भनेर हामीले लिनु हुँदैन, त्यो अन्तिम लक्ष्य होइन, एउटा सामान्य हिसावले कसैले न कसैले जिम्मेवारी वहन गर्नुपर्छ, त्यो जिम्मेवारी लिनुपर्छ, सहमतिबाट हुन सकेन भने प्रतिष्पर्धाबाट जो कार्यकर्ताले बढी रुचाएका छन्, उनीहरु हुने व्यवस्था हो, त्यो भन्दा बढी यसलाई ठानेर यो नै अन्तिम लक्ष्य हो जसरी कोही पनि प्रश्तुत हुनु हुँदैन, हामी त्यसरी प्रश्तुत हुने मानसिकतामा छैनौँ, त्यसैले यसलाई सहज, स्वभाविक र पदीय जिम्मेवारी बाँडफाँड गर्ने एउटा विधिसम्मत तरिकाबाट गर्ने रुपमा लिनसपर्छ, त्यसपछिको आम निर्वाचन महत्वपूर्ण कुरा हो, कुनै पनि पार्टी सत्तामा जानको लागि निर्माण हुन्छ, सत्तामा जनताको पक्षमा काम गर्नको लागि जाने हो, त्यो हाम्रो मुल लक्ष्य हो, अधिवेशन भनेको तात्कालिक पार्टीको बाँडफाँड विधिसम्मत तरिकाबाट गर्ने तरिका मात्रै हो ।”

सहमहामन्त्री महतले सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई सुधार गरेर अघि बढ्ने पनि बताए । उनले कम्युनिष्ट सरकारले नभएको कुरा बोलेको भएर नेपालमा बाहिरीको चियो चर्चा धेरै हुन थालेको समेत आरोप लगाए । सहमहामन्त्री महतले नेपालले आफ्नो देशको स्वार्थ र आवश्यक्तालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताए।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top