×

NEPAL TIMES UPDATES

Playing
पूर्वराजाको नयाँ वर्षको सन्देशः देश प्रयोगशाला भयो, अब बनोस् || Nepal Times
Apr 13, 2026
Playing
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दाको छिनोफानो बुधबार || Nepal Times
Apr 13, 2026
Playing
पोप र Trumpबीच भनाभनःपोपले आलोचना गर्दा ट्रम्पले भने यस्ता धर्मगुरु चाहिदैन || Nepal Times
Apr 13, 2026
Playing
कस्तो रह्यो वर्ष २०८२ ? एउटा युगको त्रासदीपूर्ण अन्त्य || Nepal Times
Apr 13, 2026
Playing
जेठदेखि असारसम्म विश्वयु द्ध हुन् सक्ने सनसनीपूर्ण भविष्यवाणी || Nepal Times
Apr 13, 2026
Playing
World News: Iranमा अमेरिकी जासुसहरु प*क्राउ, होर्मुजमा नाकाबन्दी, इरान नझुक्ने अडानमै || Nepal Times
Apr 13, 2026
Playing
नयाँ वर्ष सन्देशमा Former king Gyanendra Shah: युवा राजनीतिमा आउनु देशका लागि फाइदाजनक
Apr 13, 2026
Playing
बालेनका करोडपति मन्त्री,राष्ट्र बैंकका हाकिमका छोरा, ५ ठाउँमा जग्गा,२५ तोला सुन || Nepal Times
Apr 13, 2026
Playing
इरान यु द्ध ले विश्वभर हाहाकार, तेलको मूल्य बृद्धि, पुनः शान्ति वार्ताको आह्वान || Nepal Times
Apr 13, 2026
Playing
Top 15 Afternoon News || April-13-2026 || Nepal Times
Apr 13, 2026

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बदलिँदोस्वरुप

७ भाद्र २०७८

७ भदाै, काठमाडाैँ ।

परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल (टिआइए) को स्वरुप परिवर्तनको काम धमाधम भइरहेको छ । यदि कोभिड–१९ महामारी नभइदिएको भए अन्तरराष्ट्रिय विमानस्थल एक वर्ष अघि नै बुटिक विमानस्थलको रुपमा रुपान्तरण भइसकेको हुन्थ्यो ।

Advertisement
Advertisement

सरकारले एक मात्र अन्तरराष्ट्रिय विमानस्थललाई अघिल्लो वर्ष वैशाख १ गते बुटिक विमानस्थलको रुपमा घोषणा गर्ने तयारी थियो । तर, कोभिड महामारीका कारण सन् २०२० का लागि घोषित नेपाल भ्रमण वर्ष पनि स्थगित भयो भने सँगै बुटिक विमानस्थलको कामले पनि पूर्णता पाउन सकेन । अहिले महामारीकै बीच बुटिक विमानस्थलको रुपमा रुपान्तरणका लागि धमाधम काम भइरहेको छ जसका लागि आवश्यक संरचना निर्माण, साजसज्जा तथा सौन्दर्यकरणका काम जारी रहेको विमानस्थलका महाप्रबन्धक प्रतापबाबु तिवारीले जानकारी दिए । उनले विमानस्थलको बुटिक अवधारणा अनुरुप काम अघि बढाइनुका साथै क्षमता विस्तारको काम चलिरहेको बताए । “टर्मिनलमा फ्लोरिङको काम परिवर्तन भइसकेको छ, अब हामी वास्तविक बुटिक एयरपोर्टको स्वरुप परिवर्तन गर्ने गरी अघि बढेका छौँ, सरसफाइको स्तर, यात्रुलाई दिने सुविधा र सुरक्षाको प्रत्याभूति हुनेगरी सेवालाई स्तरीकरण गर्ने क्रममा छौँ”, महाप्रबन्धक तिवारीले भने ।

बुटिक विमानस्थलका लागि पहिला गरिएका काम प्रभावकारी हुन नसकेको र अहिले वास्तविक परिणाम देखिने गरी काम भएको उनको दाबी छ । अहिले विमानस्थलमा भिडभाड कम भएकाले पनि विमानस्थलको सुधार र संरचना निर्माण सहज भएको बताइन्छ । विमानस्थलको स्वरुप र संरचना परिवर्तनसँगै क्षमता विस्तार र सेवा स्तरीकरणका काम पनि भइरहेको छ ।

अन्तरराष्ट्रिय टर्मिनल भवन बाहिर छानो राख्ने ‘क्यानोपी’ को काम करिब अन्तिम चरणमा पुगेको छ । यात्रु प्रस्थान कक्षमा सुविधा सम्पन्न हल तथा यात्रुको लगेज छिटोछरितो बनाउन ‘कन्भेयर बेल्ट’ थपिएको छ । पहिला चार वटा रहेकामा हाल थप दुई वटा गरी छ वटा बनाइएको छ । यसले विदेशबाट फर्किने यात्रुले छिटो भन्दा छिटो लगेज पाउनेछन् । अन्तरराष्ट्रिय टर्मिनल अगाडि आकर्षक पानीको फोहरा (वाटर फाउनटेन) बनाउने काम पनि अन्तिम चरणमा रहेको विमानस्थलले जनाएको छ । अन्तरराष्ट्रिय यात्रु बाहिरिने आकर्षक भवनले विदेशी विमानस्थलको झल्को दिन्छ । व्यवस्थित पार्किङ आदि सुधारको काम भएको छ । आन्तरिकतर्फ पनि सेवा स्तरीकरण र क्षमता विस्तारको काम चलिरहेको छ ।

बदलिँदो स्वरुप

जहाजबाट ओर्लेपछि आगमनतर्फ अघि बढ्दा टर्मिनल भवन छिर्ने ढोकैनेर ठूलो अक्षरमा ‘वेलकम टु नेपाल’ लेखिएको छ । प्रवेश विन्दुको दायाँबायाँ भित्तामा मुलुकको पहिचान र परम्परागत कला संस्कृति झल्कने आकर्षक पोष्टरले सजाइएको छ । शाक्यमुनि गौतम बुद्धको मूर्तिको छुट्टै आकर्षण छ । सर्वोच्च शिखर सगरमाथादेखि तराईका विविध सांस्कृतिक सम्पदाको झलकसहितको तस्बिरले यात्रुको ध्यान आकर्षित गर्छ । आधुनिक कलात्मक काष्ठकलाको प्रयोग गरेर बुटिक विमानस्थलको रुप दिने प्रयास भइरहेको महाप्रबन्धक तिवारीले जानकारी दिए ।

टर्मिनल भवनको भित्रपट्टि छिर्नासाथ ताउलोमा सजिएका फुल, पुरातात्विक महत्वका सम्पदा, मठ, मन्दिर आदि झल्कने विविध तस्बिरले पाहुनालाई मोहित तुल्याउँछ । ‘कुइरे’ पाहुना अचम्ममा पर्छन् अनि उत्साहित हुँदै अनगिन्ती प्रश्न सोध्न थाल्छन् । विमानस्थलको बदलिँदो यथार्थको यो चित्रणले मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलले मुलुकको पहिचानलाई पनि थप प्रवद्र्धन गरेको छ ।

अन्तर्राष्ट्रिय यात्रुको प्रवेश विन्दुको रुपमा रहेको विमानस्थलले मुलुकको झझल्को दिन्छ । देशको ऐनाको रुपमा रहेको विमानस्थलको बदलिँदो स्वरुप र थपिएका सेवा सुविधाले विकसित मुलुकका सुविधा सम्पन्न विमानस्थलकोस्तरमा परिणत गर्न सफल भएको सम्बन्धित अधिकारीको भनाइ छ ।

पछिल्लो समय विमानस्थको रुप फेरिएको छ । यात्रुले केही फरक अनुभूति गर्नेछन् । किनकि विमानस्थलको भित्री रुप लोभलाग्दो गरी सुधारिएको छ । बाहिर पनि आकर्षक ढङगले सजाइँदैछ । त्रिभुवन विमानस्थलमा आउने हरेक विदेशी पर्यटक विमानस्थलमा आइपुग्ने वित्तिकै यहाँको सुन्दरता, नेपाली कला कौशल, स्वागत सत्कार, विमानस्थलको वरिपरी नेपाल चिनाउने दृश्य र नेपाली कलाकौशलका सामग्रीको प्रदर्शनीसहितको गतिविधि देख्न पाउने छन् ।

विमानस्थलको स्तरोन्नतिका साथै सेवालाई गुणस्तरीय र प्रभावकारी बनाइ पर्यटकलाई आकर्षण गर्ने गरी स्वरुप फेर्न संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र मातहत निकाय लागि परेका छन् । अघिल्लो सरकारले टिआइएलाई परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी छिट्टै बुटिक विमानस्थलमा रुपान्तरण गर्ने घोषणा गरेको थियो ।

अन्तर्राष्ट्रिय जगतमा नेपालको पहिचान दिने र पहिलो प्रभाव नै विमानस्थलबाटै पर्ने भएकाले विमानस्थलको स्वरुप बदल्न लागि परेको महाप्रबन्धक तिवारीले बताए । हालकै संरचनालाई नेपाली पन झल्काउने गरी ‘बुटिक एयरपोर्ट’ बनाउने सोच अनुरु काम भइरहेको छ ।

यसबाहेक नेपालको स्वागत परम्परा, बढी प्रयोग हुने वस्तु, तस्बिर र काष्ठ कलाको प्रयोग गरेर बुटिक विमानस्थलको रुप दिने प्रयास गरिएको छ । विमानस्थल प्रवेशका लागि मुख्यद्वार (गोल्डेन गेट) बाट प्रवेश मात्र गर्न पाइनेछ भने फर्कदा नवनिर्मित ट्याक्सी पार्किङ क्षेत्रको गेटबाट बाहिरिने व्यवस्था गरिएको छ । विमानस्थलको शौचालय सफा देखिन्छन् । विमानस्थल परिसरमा पहिला व्यापारिक होर्डिङ बोर्ड हुन्थे तर अहिले नेपालको कला, संस्कृति र पहिचान झल्कने तस्बिर राखिएको छ ।

बुटिक विमानस्थलको अवधारणा अनुरुप परम्परागत संस्कृति र आधुनिकता झल्कने गरी विमानस्थलको रङ्गरोगन तथा सजावटको काम भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतमले नेपालको विमानस्थल बुटिकको रूपमा घोषणा गरिएको संसारकै पहिलो विमानस्थल हुने बताए । उनले भने, “विश्वमा बुटिक विमानस्थल भनेर घोषणा गरेको कही पाइएको छैन, नेपालको विमानस्थल पहिलो हुन्छ ।”

बुटिकको अर्थ सङ्ग्रहालय होइन । प्राचीनता झल्कने कला कृति मात्र नभइ व्यवहार पनि नेपालीपन झल्कने हुनुपर्छ । बुटिकको साजसजावटका साथै जनशक्ति पनि सोही अनुरुपको व्यवस्था गरिने विमानस्थलले जनाएको छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट तीन नेपालीसहित ३० अन्तर्राष्ट्रिय वायुसेवा प्रदायक कम्पनीले हवाईसेवा सञ्चालन गर्दै आएका छन् ।

Advertisement

–सिबी अधिकारी/रासस

भर्खरको समाचार

हजारौं गीत गाएर अस्थाइन् आशा भोसले

thumb

राष्ट्रपतिले किन रोकिरहेका छन् ओमप्रकाश अर्यालको नियुक्ति ?

823b3005-f7a7-4b8c-b72b-d383aa8b76fc

श्रम मन्त्री बर्खास्तमा परेपछि पत्नीले दिइन स्पष्टीकरण

Shram-Mantri-e1775540134843-768x509

अमेरिकी सेना आराम गरिरहेका छन्, इरानको हात ‘ट्रिगर’ मै छ

donald_trump

फेरि बढ्यो पेट्रोलियम पदार्थको भाउ, पेट्रोल लिटरको २१९

petrol-pump-india_AFP

रविले खोलेको सिंहदरबारको ढोका बालेनले थुनिदिए

singhdarbar

ओली र लेखक रिहा, पत्नीले लिए जिम्मा, ओलीले हिरासत अस्पतालमै कटाए

Sudhan Gurung Grihamantri_NPL (3)

सिंगापुर र हङकङमा देउवा, उपचार कि सम्पत्ति व्यवस्थापन ?

deuba-aarju

ओली–लेखकको हिरासत म्याद आज सकिँदै, रिहा होलान् ?

oli lekhak

आज हावाहुरीसहित वर्षा र हिमपात, ४ जिल्लामा चट्याङसहित वर्षा

Mausam

सम्बन्धित खबरहरु

Scroll to Top