ओली सरकार इतिहासकै भ्रष्ट : माधव नेपाल

८ भदाै, काठमाडौं।

एमालेबाट विभाजन गरेर एकीकृत समाजवादी दल निर्माणमा जुटेका माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कायम रहेको धार्मिक सद्भावमा असर पुग्ने र कम्युनिष्टहरुको आचारणभित्रै नपर्ने धर्मलाई राजनीतिमा मिलाउने घृणित खेलको सुरुवात गरेको आरोप लगाएका छन्।

बुधबार पार्टी दर्ताका लागि सनाखत बुझाउनु अघि चन्द्रागिरि पुगेर आफ्ना नेता तथा कार्यकर्तालाई उनले ओलीमाथिको राजनीतिक टिप्पणीको प्रतिवेदन वितरण गरेका थिए। प्रतिवेदनमा उनले केपी ओली इतिहासकै भ्रष्ट प्रधानमन्त्री भएको आरोप लगाएका छन्। ‘के.पी.ओली, काम एकातिर, अर्कैतिर बोली’ भन्ने सबै जनतामा चलेको भन्दै उनले आफ्नो दस्तावेजमा ‘म भ्रष्टाचार गर्दिन र भ्रष्टाचार हुन दिन्न !’ भन्ने भनाइ जनता झुक्याउन मात्रै भएको पुष्टि भएको भनिएको छ।

Advertisement

‘सत्ता सम्हालेको केही दिनमै देशमा भ्रष्टाचारका ठूलाठूला काण्ड घटित हुन थाले। केही निजी कम्पनीहरूको नाजायज हितका लागि नियम–कानुन संशोधनसमेत गरी संस्थागतरुपमै भ्रष्टाचारलाई बढावा दिन थालियो,’ प्रतिवेदनमा भनिएको छ, ‘श्रमजीवीहरूको हितमा परिचालित हुनु पर्ने सरकार सीमित निजी कम्पनी र दलाल पुँजीपतिको कब्जामा पुग्यो। भ्लादिमिर इल्यिच लेनिनले पुँजीवादी सरकारको बारेमा भन्नु भएको थियो, ”पुँजीवादी व्यवस्थाभित्रको सरकार भनेको निजी कम्पनीहरुको सञ्चालक समितिको सदस्य हो” ओली सरकार ठ्याक्कै त्यस्तै भयो।’

ओली सरकारका पालामा भएका भ्रष्टाचारका धेरै ठूला काण्डहरुलाई बुँदागतरुपमा प्रस्तुत गर्दै नेता नेपाले १३ बुँदे आरोप लगाएका छन्। उनले यति ,ओम्निदेखि गोकर्ण फरेष्ट रिर्सोटसम्ममा भ्रष्टाचार गरेको भन्दै इतिहासको भ्रष्ट प्रधानमन्त्री ओली भएको आरोप लगाएका छन्।

दस्तावेजमा भनिएको छ, ‘यति ग्रुपका लागि नेपाल ट्रस्टको नाममा रहेको गोकर्ण रिसोर्ट, नारायण हिटी दरबार संग्रहालय अगाडिको बहुमूल्य जमिन, पाथीभरा मन्दीर रहेको सिंगै पहाड लगायत राज्यका तमाम सम्पत्तिहरू कौडीको मूल्यमा वर्ष वर्षका लागि लिजमा दिइयो। यति ग्रुपलाई पोस्नका लागि कतिसम्म गरियो भने उडान परीक्षण नै नगरिएको हिमाल एयर लाइन्सको जहाजमा प्रधानमन्त्री के.पी.ओली राजकीय प्रमणमा चीन जानु भयो।’

ओलीलाई गरीब, निमुखा, सर्वहारा, श्रमजीवी वर्गसंग कुनै मतलब नभएको आरोप नेपालले लगाएका छन्। ‘के.पी.ओलीको सरकारले संसदमा अहिलेसम्म प्रस्तुत गरेका नीति तथा कार्यक्रम र बजेटमा श्रमिक–मजदूर र किसानको हित गर्ने कुनै एजेण्डा छैनन् न त समाज रुपान्तरणका कुनै बुँदा नै छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘ बैठक बस्न नमान्ने, बैठकका निर्णय नमान्ने, पार्टीको नेतृत्वमा पुगेर पनि निरन्तर गुट सञ्चालन गर्ने, आलोचनाका शब्द सुन्न पनि नसक्ने ओलीले आफ्नै खल्तिको गुटलाई पनि विश्वास नगरेर सबै अधिकार आफ्नो हातमा लिनुभयो।’

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top