उखु किसानको अनुदान रकम सबै पठाइसकियोः कृषि मन्त्रालय

८ भदौ ७८, बुधबार

८ भदाै, काठमाडौँ ।

कृषि मन्त्रालयले गत आर्थिक वर्षमा उखु किसानहरूलाई सरकारले उपलब्ध गराउने अनुदान रकम सबै पठाइसकेको जनाएको छ ।

गत बर्ष विभिन्न ८ जिल्लाका ११ वटा चिनी उद्योगहरूमा उखु बिक्री गरेका किसानहरूलाई सरकारले ६५.२८ रुपैयाँका दरले अनुदान रकम पठाएको कृषि मन्त्रालयले जनाएको छ ।

किसानहरूले पाउने रकम ७७ करोड ९४ लाख ६४ हजार रुपैयाँ जिल्लास्थित कोष तथा लेखा नियन्त्रकको कार्यालय मार्फत किसानहरूले पाउने गरी पठाएको कृषि मन्त्रालयका सहसचिव डा हरिबहादुर केसीले बताए ।

सरकारले पठाएको रकम किसानहरूले उखु उद्योगलाई बिक्री गरेको उखुको उद्योगले उपलब्ध गराएको तथ्याङककोे आधारमा सोझै किसानहरूको खातामा रकम जम्मा हुने प्रबन्ध गरिएको सहसचिव केसीले जानकारी दिए ।

गत आर्थिक वर्षमा देशभरका ११ चिनी उद्योगहरूले १ करोड १९ लाख ४० हजार ३ सय १९ क्विन्टल उखु क्रसिङ गरेकोमा उद्योगहरूले किसानहरूलाई ५ अर्ब ७२ करोड १० हजार १ सय १३ रुपैयाँ भुक्तानी गर्नुपर्ने मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले रकम निकासा गरेका जिल्ला मध्ये सर्लाहीका इन्दु शंकर चिनी उद्योग र महालक्ष्मी सुगर मिल प्रालिमा उखु बेच्ने किसानहरूलाई २० करोड ७ लाख ५० हजार, सुनसरीको इष्टर्न सुगर मिलमा उखु बिक्री गर्ने किसानहरूलाई ५ करोड ९० लाख १६ हजार २ सय ५४ रुपैयाँ, कञ्चनपुर जिल्लाका भागेश्वर सुगर एन्ड केमिकल्स र महाकाली सुगर इण्डष्ट्रिजमा उखु बिक्री गर्ने किसानहरूलाई १९ करोड ७ लाख ५ हजार ९ सय ८१ रुपैयाँ, सिराहा जिल्लाको हिमालय सुगर मिलमा उखु बिक्री गर्ने किसानहरूलाई ७ करोड २३ लाख ७४ हजार ६ सय ६७ रुपैयाँ रकम निकासा गरिएको हो ।

त्यसै गरी महोत्तरीको एभरेस्ट सुगर मिलमा उखु बिक्री गर्ने किसानहरूलाई १३ करोड २४ लाख, रौतहटको बाबा बैजुनाथ सुगर मिलमा उखु बिक्री गर्ने किसानहरूलाई ३ करोड ४९ लाख ३६ हजार ६ सय ६० रुपैयाँ, नवलपरासीको बाग्मती खाँडसारी चिनिमिल र सुनवल चिनी उद्योगलाई २ करोड ३८ लाख रुपैयाँ र बारा जिल्लाको रिलायन्स सुगर मिलमा उखु बिक्री गर्ने किसानहरूलाई ६ करोड ५४ लाख ७९ हजार ९ सय ५१ रुपैयाँ उखु बिक्री गर्ने किसानहरूलाई निकासा भएको हो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top