‘ब्रेक्जिट’ मन्त्रीको राजीनामा

‘ब्रेक्जिट’ मन्त्रीको राजीनामा

लण्डन, असार २५

युरोपेली संघबाट बेलायतको बहिर्गमन विषयमा वार्ता गर्ने जिम्मेवारी पाएका बेलायतका मन्त्री डेभिड डेभिसले आफ्नो पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री थेरेसा मेको मन्त्रिपरिषद्मा रहेका डेभिसले राजीनामा दिएपछि बे्रक्जिटसम्बन्धी मुद्दालाई प्रभाव पर्ने अनुमान गरिएको छ ।

इयुसँगको भावी व्यापार सम्बन्धका विषयमा बेलायतले एउटा नयाँ प्रस्ताव ल्याएकोमा त्यसको दुई दिनपछि नै उनको राजीनामा आएको छ । यसबाट पर्ने प्रभावका बारेमा यहाँ विचार विमर्श सुरु भएको छ । कतिपय विश्लेषकहरुले डेभिसको राजीनामाबाट प्रधानमन्त्री मेको ब्रेक्जिटसम्बन्धी भावी योजना नै अप्ठा¥यारोमा पर्न सक्ने पनि जनाएका छन् ।

इयुसँग वार्तागर्ने कार्यलाई नै प्रमुख जिम्मेवारी दिएर डेभिस ब्रेक्जिट मन्त्रीको रुपमा सन् २०१६ मा नियुक्त भएका थिए । तर ब्रेक्जिटको विपक्षमा रहेको कन्जरभेटिभ पार्टीका नेताहरुले भने डेभिसको राजिनामाको स्वागत गरेका छन् । यस विषयमा बेलायतमा भद्रगोलको अवस्था रहेको र थेरेसा मेसँग ब्रेक्जिटको बारेमा सही र समर्थन बाँकी नरहेको लेबर पार्टीका प्रमुख इयान लेभरीले बताएका छन्।

ब्रेक्जिट वार्ताहरुको विषयमा कैयौँ पटक प्रधानमन्त्री मेले लिएका अडानहरुबारेमा उनको मतभेद पनि भएको बताइएको थियो । सोही कारण पनि मन्त्री डेभिसले यसअघि नै पनि धेरै पटक राजीनामा दिने चेतावनी दिएका थिए। उनले राजिनामा दिए पनि सरकारभित्र भने उनको असन्तुष्टि नरहेको बताइएको छ ।

रासस

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.