×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश

९ भाद्र २०७८

९ भदाै, काठमाडौँ ।

नौ महिनादेखि पार्टीमा असन्तुष्ट रहँदै आएका १० नेतासहितको उपस्थितिमा मंगलबार भएको नेकपा (एमाले) को स्थायी कमिटी बैठकले आन्तरिक एकता सुदृढीकरणका लागि नयाँ सन्देश दिएको छ ।

Advertisement
Advertisement

पार्टीभित्रको आन्तरिक समस्या समाधानका लागि गत असार २७ गते कार्यदलस्तरमा भएको १० बुँदे सहमतिलाई कार्यान्वयनको ठोस आधार तय गर्दै पार्टीलाई नेकपा (माओवादी केन्द्र) सँगको एकतापूर्वको साङ्गठनिक संरचनाका आधारमा सञ्चालन गर्न बैठकले निर्देशित गरेको छ । पार्टीमा वरिष्ठ नेता माधवकुमार नेपाललगायत नेताले एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको अवस्थामा नेता नेपाल पक्षमा रहेका स्थायी कमिटीका १० र माओवादी केन्द्रबाट एमालेमा सामेल रामबहादुर थापासहितका सहभागी बैठकले नयाँ दल दर्ताको प्रक्रियामा रहेका नेता कार्यकर्तालाई मूलघरमै फर्किन आह्वान गरेको छ ।

ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा भएको बैठकपछि अध्यक्ष केपी शर्मा ओली, उपाध्यक्षहरु युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, डा भीमबहादुर रावल, महासचिव ईश्वर पोखरेल, उपमहासचिव घनश्याम भुसाल, स्थायी कमिटी सदस्य थापालगायतका नेताले सञ्चारकर्मीमाझ प्रस्तुत भई सामूहिक तस्बिर खिचाएका थिए । त्यसपछि बैठक ‘ऐतिहासिक भएको जनाउँदै पार्टीका प्रवक्ता प्रदीपकुमार ज्ञवालीले पत्रकारलाई निर्णयबारे जानकारी दिएका थिए ।

नयाँ कार्यदल गठन

बैठकले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनको मिति आगामी मङ्सिर १० देखि १२ गतेसम्म तथा विधान महाधिवेशन आगामी असोज ४ देखि ६ गते काठमाडौँमा गर्ने निर्णय गरेको छ । त्यसपूर्व सदस्यता नवीकरण, वडा र पालिकास्तरका अधिवेशन, विधान महाधिवेशनलगायतका कार्यतालिकालाई संशोधन गरेको छ । बैठकले पार्टीका केन्द्रीय कमिटी, निकाय, प्रदेश समन्वय कमिटी, जिल्ला कमिटी, स्थानीय तह कमिटी जनसङ्गठनलगायत सबै कमिटीमा रहेका पदाधिकारीलाई २०७५ जेठ २ गते पूर्वको जिम्मेवारीमा क्रियाशील हुन निर्देशन दिएको छ । दस बुँदे प्रस्तावमा आधारित निर्णय कार्यान्वयन गर्ने क्रममा उत्पन्न हुनसक्ने समस्या समाधान तथा केन्द्रीय कमिटीका मनोनयन गरिने १० प्रतिशत सदस्यको सिफारिस गर्न एक कार्यदल गठन गरिएको छ । यी निर्णय कार्यान्वयनका लागि गत असार २७ गतेको १० बुँदे प्रस्तावलाई सन्दर्भ सामग्रीका रुपमा मातहतका कमिटीमा पठाइने भएको छ । प्रवक्ता ज्ञवालीले १० बुँदे सहमति कार्यान्वयनका लागि महासचिव ईश्वर पोखरेल, उपाध्यक्ष डा भीम रावल, उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल, स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे र लेखराज भट्ट रहेको कार्यदल गठन गरिएको जानकारी दिए ।

बैठकले २०७५ साल जेठ २ गते सदस्यतालाई आधार मानेर एकीकरणका क्रममा आबद्ध भएका सदस्यसमेतको पार्टी सदस्यता नवीकरण अगाडि बढाइने र २०७५ साल जेठ ३ पछि दिइएका नयाँ सदस्यको पनि नवीकरण असोज मसान्तसम्म गर्ने निर्णय गरेको छ ।

भदौ १० गते केन्द्रीय कमिटी बैठक

पार्टीका स्थानीय कमिटीलाई व्यवस्थित गर्न देशैभर २०७८ साल कात्तिक ६ गते वडा अधिवेशन र कात्तिक ९ गते पालिका वा सोसरहका कमिटीको अधिवेशन गर्नेे तथा पार्टीको पछिल्लो निर्णय सम्प्रेषण गर्न यही भदौ १६ देखि २० सम्म केन्द्रीय प्रशिक्षकको उपस्थितिमा सबै जिल्लामा कार्यकर्ता भेला र जनसङ्गठनको केन्द्रीय कार्यकर्ताको भेला आयोजना गरिने पनि निर्णय भएको छ । महाधिवेशनमा प्रस्तुत गरिने दस्तावेजबारे छलफल गर्न यही भदौ २५ र २६ स्थायी कमिटी र २७ गते केन्द्रीय कमिटीको बैठक आयोजना हुनेछ । त्यसअघि यही भदौ १० गते केन्द्रीय कमिटीको बैठक आयोजना हुनेछ ।

यसअघि आज बिहान ११ बजे बस्ने भनिएको स्थायी कमिटीको बैठक थप तयारीसहित दिउँसो ३ बजे बसेको हो । सोमबार एमालेका अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा र मध्यमार्गी धारमा रहेका स्थायी कमिटीका सदस्यको छलफलपछि १० बुँदे सहमतिको सिफारिस कार्यान्वयनलगायतका विषयमा छलफल गर्न आज बैठक गर्ने समझदारी भएको थियो ।

एकतामा आए कारबाही फिर्ता हुने

पार्टीमा दोस्रो तहका १० नेता सम्मिलित कार्यदलले दिएको सुझाव प्रतिवेदनमा वरिष्ठ नेता नेपालले शक्ति बाँडफाँट र विगतमा भएका कमजोरीलाई नेतृत्वले महसुस गर्नुपर्नेलगायत अडान राखेपछि त्यसको प्रभावकारी कार्यान्वयन हुन सकेको थिएन । अध्यक्ष ओलीले पनि आफ्नो नेतृत्वको सरकारलाई हटाएर विपक्षी गठबन्धन बनाएर नयाँ सरकार गठनका लागि हस्ताक्षर र सर्वाेच्च अदालतमा पुग्ने जस्ता नेपाल पक्षका कार्य क्षम्य नहुने जनाउँदै आएका थिए ।

नेता नेपालले यही भदौ २ गते नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिनुभएको थियो । सो निवेदनमाथि यही भदौ ९ गते सनाखत हुने तय भएको छ । एमालेले नेता नेपालसहित १४ प्रतिनिधिसभा सदस्यलाई पदमुक्त गर्न सङ्घीय संसद् सचिवालयमा यही भदौ १ गते पत्र पठाएको थियो । आजको बैठकले एकता प्रक्रियामा सामेल भएमा कुनै पूर्वाग्रह र कारबाही नगरिने निर्णय गरेको नेता ज्ञवालीले जानकारी दिए।

प्रतिनिधिसभाको विघटन र पुुनःस्थापना, नेकपाभित्रको विवाद, एमाले र नेकपा (माओवादी केन्द्र)लाई पूर्ववत् स्थितिमा फर्काउने सर्वाेच्च अदालतको फैसलायताका घटनामा एमालेभित्र विवाद उत्पन्न हुँदै आएको थियो । एमालेका अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच गत जेठ २ गतेको सहमतिका आधारमा गठित १० सदस्यीय कार्यदलमा संसदीय दलका उपनेता नेम्वाङ, उपाध्यक्ष डा रावलसहित थिए । आजको बैठकका निर्णय र यसको दूरगामी परिणाम, समसामयिक राजनीतिक प्रभाव र राजनीतिक स्थितिबारे जानकारी दिन बुधबार पार्टीका अध्यक्ष ओलीलगायत नेताको उपस्थितिमा पत्रकार सम्मेलन गरिने एमालेले जनाएको छ ।

Advertisement

प्रकाश सिलवाल/रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top