पेशा र ब्यबसायमा आवद्ध महिलाहरुलाई घरबाहिर ननिस्कन तालिवानको निर्देशन

Share this
745shares

९ भदाै, एजेन्सी ।

Advertisement

अफगानिस्तानमा कब्जा जमाएकाे तालिवानले बिभिन्न पेशा र ब्यबसायमा आवद्ध महिलाहरुलाई तत्काल कामका लागि घर बाहिर ननिस्कन निर्देशन दिएको छ ।

तालीवानका प्रवक्ता जबीहुल्लाह मुजाहिदले काबुलमा पत्रकार सम्मेलन गरी महिलाहरुको सुरक्षा सुनिश्चत नभएसम्म घर बाहिर ननिस्कन निर्देशन दिएका हुन् ।

Advertisement

संयुक्त राष्ट्रसंघले अफगानिस्तानको पछिल्लो स्थितीको बिश्लेषण गरी त्यहाँका महिलाहरु असुरक्षित रहेको बताएपछि तालीवाानको तर्फबाट यस्तो निर्देशन आएको हो । राष्ट्रसंघीय मानव अधिकार उच्चायुक्त मिशेल बाचेलेटले अफगानी महिलाहरु आधारभुत रातो घेरा भित्र रहेको दाबी गरेका थिए

तालीवान प्रवक्ता मुजाहिदले अमेरिकाले बिना कारण अफगान नागरिकहरुलाई देश छोड्न प्रोत्साहित गरेको भन्दै त्यस्तो कार्य तत्काल बन्द गर्न चेतावनी समेत दिएका छन् ।

Advertisement

उनले अफगानिस्तामा कोही पनि असुरक्षित नरहेको भन्दै उद्धार कार्य तत्काल बन्द गर्न पनि भनेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top