सनाखतका लागि प्रस्तावित लोसपाका नेताहरु पनि निर्वाचन आयोगमा

९ भदौ काठमाडौं ।

Advertisement

जनता समाजवादी पार्टी विभाजन गरी लोकतान्त्रिक समाजवादी पार्टी गठन गरेका महन्थ ठाकुरपक्षका नेताहरु  निर्वाचन आयोग पुगेका छन्।  नयाँ दल दर्ता प्रक्रियाका लागि दिएको निवेदनमा उल्लेख गरिएका नाममा सनाखत गर्न महन्थ राजेन्द्र महतो लगायतका नेताहरु आयोगको कार्यालय कान्तिपथ पुगेका हुन् ।

निर्वाचन आयोगले सनाखतका लागि आज दिउँसो २ बजेसम्मको समय दिएको छ ।  प्रस्तावित लोसपाका अध्यक्ष ठाकुरले ३१ जना केन्द्रीय कार्यकारिणी सदस्यहरुको नामावली आयोगमा बुझाएका छन् ।

Advertisement

सनाखतपछि दल दर्ता प्रक्रिया टुंगो लगाइने निर्वाचन आयोगले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top