नयाँ दलले आजै दल दर्ताको प्रमाणपत्र पाउने

९ भदाै, काठमाडाैँ ।

निर्वाचन आयोगले माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि सनाखत गर्ने काम सम्पन्न भएको जनाएको छ । निर्वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदैँ निर्वाचन नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीका नेताहरुको सनाखत सकिएसँगै आयोग सचिवालय सनाखतको विवरणसहित आयोग सचिवालय प्रतिवेदन तयारी गरिरहेको जानकारी दिए । प्रतिवेदन तयार भइसकेपछि दुवै दल दर्ताको सम्बन्धमा आजै निर्णय हुनसक्ने उनले बताए ।

उनले भने – ‘नेकपा(एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीको छुट्टै दल दर्ताका निम्ति भएको प्रक्रियाका अन्र्तगत आज दुवै दलका सदस्यहरुलाई हस्ताक्षर सनाखतका लागि आज आयोगले समय दिएको थियो । सनाखतको कार्य बिहान बिहान ११ः३० देखि २ बजेसम्म तोकिएको थियो । सनाखतको काम सम्पन्न भएको छ । र उक्त काममा नेकपा(एकीकृत समाजवादी) का तर्फबाट केन्द्रीय सदस्यहरु ५५ जना र संघीय संसदका सदस्य ३० जनाले सनाखत गर्नुभएको छ । उक्त मध्ये ५४ जना केन्द्रीय सदस्य र २९ जना संघीय संसदका सदस्यले आयोगमा आफ्नो सनाखत गर्नुभएको छ भने एक जना सदस्यले नेपाली राजदुताबास नयाँ दिल्लीमा सनाखत गर्नुभएको अवस्था छ भने लोकतान्त्रिक समाजवादी पार्टीको तर्फबाट केन्द्रीय सदस्यहरु १६ जनाले हस्ताक्षर सनाखत गर्नुभएको छ भने संघीय संसद सदस्य १४ जनाले हस्ताक्षर सनाखत गर्नुभएको छ । सनाखतको विवरण सहित आयोग सचिवालयले प्रतिवेदन तयार गरेर आयोगमा पेश गर्ने काम चलिरहेको छ । र यस सन्दर्भमा अहिले कुनै निर्णय भइसकेको छैन । समय अभाव र अन्य कुनै कारणले रोकिएन भने निर्णय हुने सम्भावना छ । तर निश्चित भने भइसकेको छैन । आज निर्णय हुनपनि सक्छ । तर अब भ्याइन्छ, भ्याइदैन काम भइरहेको छ । सकियो र अन्य कुनै कारणले रोकिनुपर्ने भएन भने निर्णय हुनसक्छ ।’

उनले नेकपा(एकीकृत समाजवादी)मा ५५ जना केन्द्रीय सदस्य र ३० जना संघीय सांसदले सनाखत गरेको बताए । त्यस्तै लोकतान्त्रिक समाजवादी पार्टीमा १६ जना केन्द्रीय सदस्य र १४ जना संघीय संसदले सनाखत गरेको पनि जानकारी दिए ।

भर्खरको समाचार

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

सम्बन्धित समाचार

Scroll to Top