फरार व्यक्ति १७ वर्षपछि पक्राउ

९ भदौ ७८, बिहीबार

१० भदौ , सिन्धुपाल्चोक ।

Advertisement

सवारी ज्यान मुद्दामा फरार एक जनालाई १७ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।

फैसला कार्यान्वयनअन्तर्गत सवारी ज्यान मुद्दामा धादिङ जिल्ला अदालतको मिति २०६१ पुस १९ गतेको फैसलाले १२ दिन कैद जरिवाना सजाय भई फरार रहेका बाह्रबिसे नगरपालिका–९ बस्ने ३८ वर्षीय विभोर श्रेष्ठलाई बुधबार प्रहरीले चौतारा साँगाचोकगढी–५ स्थित चौतारा बजारबाट पक्राउ गरेको हो ।

Advertisement

श्रेष्ठलाई पक्राउ गरी कैद जरिवाना असुलउपरका लागि सिन्धुपाल्चोक जिल्ला अदालतमा दाखिला गरेकामा अदालतले श्रेष्ठलाई बुधबारै जिल्ला कारागार चलान गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top