×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

‘स्पुटनिक भी’ खोप लगाउन इन्डोनेसियासहित ७० देशमा अनुमति

१० भाद्र २०७८

१० भदौ, मस्को ।

कोरोनाभाइरसविरुद्ध रुसले विकास र उत्पादन गरेको स्पुटनिक भी खोप लगाउन स्वीकृति दिने देशको सङ्ख्या ७० पुगेको छ । अहिलेसम्म सबैभन्दा पछाडि इन्डोनेसियाले समेत अनुमति दिएसँगै स्पुटनिक भी प्रति विश्वास गर्ने देशहरूको सङ्ख्या ७० पुगेको हो ।

Advertisement
Advertisement

यो खोपलाई आपत्कालीन अवस्थामा मात्रै प्रयोग गर्न पाउने गरी अनुमति दिएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् । खोपको विकास गरेको रुसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट (आरडीआईएफ)ले इन्डोनेसियामा प्रयोग हुन थालेको यो खोप छैटौँ हो ।

इन्डोनेसियामा यसअघि पाँच खोपलाई प्रयोगका लागि अनुमति दिइसकिएकोमा अहिले स्पुटनिक भी थप गरिएको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार इन्डोनेसियामा सिनोभ्याक, सिनोफर्म, अस्ट्राजेनिका, मोर्डना र फाइजर खोप यसअघि पनि प्रयोग हुँदै आएका थिए ।

कोरोनाभाइरसबाट धेरै प्रभावितहरूको सूचीमा इन्डोनेसिया अहिले १३औँ क्रममा पर्दछ । इन्डोनेसियामा अहिलेसम्म ४० लाख २६ हजारभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् ।

त्यसैगरी अहिलेसम्म एक लाख २९ हजार २९३ जनाभन्दा बढीको कोरोनाभाइरसका कारण मृत्यु भएको छ । तीमध्ये पछिल्लो एक दिनमा मात्रै एक हजार ४१ जनाको मृत्यु भएको छ ।

Advertisement

मृतक र सङ्क्रमितहरूको वृद्धिदर हेर्दा इन्डोनेसियामा अहिले पनि कोरोनाभाइरसको महामारीको असर धेरै नै देखिएको छ ।

भर्खरको समाचार

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सुधनले प्रधानमन्त्रीलाई बुझाए स्पष्टीकरण, अब बालेनले के गर्छन ?

37c9de5f-6d1d-42a3-b396-1e69a51fc022

नेपाललाई सिरिज बराबरीमा गर्ने अवसर

677655303_1428216612668048_5155580506335546568_n

युद्धविराम अन्त्य हुँदै, इरान धम्कीसँग कहिल्यै नझुक्ने

trump

गृहमन्त्री सुधनको अठोटः भ्रष्टविरुद्धको कारबाही रोकिदैन, डग्मगाइदैन

b50ca935-e218-4b61-b637-facd118a9d76

सम्बन्धित खबरहरु

Scroll to Top