हमिद कार्जाई र अब्दुल्लाह अब्दुल्लाहलाई तालिबानले ‘नजरबन्द’मा राखेकाे दावी

१० भदौ ७८, शुक्रबार

११ भदाै, एजेन्सी ।

Advertisement

अफगानिस्तानका भूतपूर्व राष्ट्रपति हमिद कार्जाई र राष्ट्रिय पुनः मिलन उच्च परिषद्का प्रमुख अब्दुल्ला अब्दुल्लाहलाई नजरबन्दमा राखेको अमेरिकी समाचार संस्था सीएनएनले बताएको छ ।

बिहीबार प्रशारित एक कार्यक्रममा कार्जाइ र अब्दुल्लाह अब्दुल्लाहलाई सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलगायतको सहयोगी समूहबाट अलग गरी तालिबान समूहले काबुलस्थित उनीहरूको घरमा ‘नजरबन्द’ मा राखेको बताइएको छ ।

Advertisement

तालिबान समूहको ‘दयामा भरोसा गरिरहेका’ ती राजनीतिज्ञहरूको गाडी पनि जफत गरेको बताइएको छ । तालिवान बुधबार अब्दुल्लाहको घरमा पुगेका रिपोर्टहरू सार्बजनिक भएका छन् ।

काबुललाई आफ्नो कब्जामा लिएदेखि तालिबानले अफगानिस्तानमा समावेशी सरकार गठन गर्ने प्रतिज्ञा गरेका छन् । यस समूहले पूर्व राष्ट्रपति कार्जाई र पूर्व मुख्य कार्यकारी अब्दुल्लाहसँग वार्ता गरेका बताइएको छ । तालिबानको अनपेक्षित आक्रमणपश्चात् यी दुई अधिकारीहरू काबुलमा रहँदै आएका पनि बताइएको छ ।

Advertisement

गत हप्ता अब्दुल्लाह अब्दुल्लाह र कार्जाईले काबुलका ‘तथाकथित’ कार्यकारी तालिबान गभर्नर अब्दुल रहमान मानसौरलाई भेटका थिए ।

उनीहरूले काबुल नागरिकको जीवन, सम्पत्ति र गरिमारक्षाको प्राथमिकताका विषयमा छलफल गरेका थिए । उक्त अवसरमा अब्दुल्लाहले तालिबानका कार्यवाहक काबुल गभर्नरसँग राजधानी काबुलमा सामान्य अवस्थामा बसोबास गर्न सुरक्षित महसुस गर्ने वातावरणको सिर्जना गर्न आग्रह गरेका थिए ।

तालिवान नेतासँगको भेटपछि अब्दुल्लाहले तालिबानले समावेशी सरकार बनाउने विश्वास व्यक्त गरेका थिए । यस महिनाको सुरुतिर संयुक्त सरकारका लागि अन्तर्राष्ट्रिय दवावपछि तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले ‘सबै पक्ष समावेश भएको’ सरकार स्थापना गर्ने प्रतिज्ञा गरेका थिए ।एएनआई

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top