कसैलाई असक्षम घोषित गर्नका लागि सभापतिको उम्मेदवार बन्न खाेजेकाे हाेइन : निधी

११ भदौ, काठमाडौँ ।
नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधीले आगामी निर्वाचनपछि नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाउनका लागि १४ औँ महाधिवेशनमा सभापतिको उम्मेदवारी दिने बताएका छन् । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका उपसभापति निधीले शुक्रबार नयाँ बानेश्वरस्थित बानेश्वर बैंक्वेटमा सम्पर्क कार्यालयको उद्घाटन गर्दै आगामी निर्वाचनमा तीन वटै तहमा नेपाली कांग्रेसलाई बहुमत प्राप्त गराउनका लागि आफूले सभापतिमा उम्मेदवारी दिन लागेको बताएका हुन् ।

Advertisement

उनले आफूले कसैलाई पराजित गर्न र कसैलाई असक्षम घोषित गर्नका लागि सभापतिको उम्मेदवार बन्न नखोजेको पनि स्पष्ट पारे । आफू कसैलाई रिटायर्ड गराउनका लागि सभापतिको उम्मेदवार नभएको उल्लेख गर्दै उनले कांग्रेसलाई मजबुत बनाउँदै रुख छापलाई हिमाल, पहाड, मधेशमा स्थापित गराउन र मतदाता र जनतासँग जोड्न आफ्नो उम्मेदवारी रहेको उहाँले स्पष्ट पारे । निधीले भने– ‘मलाई विश्वास छ, नेपाली कांग्रेसलाई आगामी एक, डेढ वर्षपछि हुने आम चुनावमा, देशको सबै तहको चुनावमा रुख छापलाई जिताउन हामी सफल हुनेछौँ मलाई पूरा विश्वास छ । मेरो सम्पूर्ण ध्यान नेपाली कांग्रेसको सभापति हुने कुराको लागि मेरो उद्देश्य भनेको आगामी आम चुनावमा नेपाली कांग्रेसको रुख छापलाई देशभरमा बहुमत प्राप्त गराउनका लागि सम्पूर्ण आफ्नो बुद्धि, विवेक र संगठनलाई एकतावद्ध बनाएर, सबैलाई समेटेर आफ्नो भूमिका प्रस्तुत गर्नु नै मेरो सभापतिको उम्मेदवारीको उद्देश्य हो । म कसैलाई पराजित गर्न, कसैलाई असक्षम घोषित गर्न, कसैलाई रिटायर्ड गर्नको लागि म सभापतिको उम्मेदवार हुन खोजेको होईन । म नेपाली कांग्रेसलाई मजबुत बनाउन, नेपाली कांग्रेसको रुख छापलाई मतदाता र जनतासँग जोड्न, नेपालका हिमाल, पहाड, तराई, मधेश, झापादेखि कञ्चनपुरसम्मका मतदाता, जनताले, आदिवासी, दलित, महिला, मधेशी, अल्पसंख्यक, मुस्लिम, थारु लगायत सबैको मनमा यो विश्वास स्थापित होस् । भरोसा स्थापित होस् की रुख छाप हाम्रो पार्टी हो । रुख छाप नेपाली लोकतन्त्रको पार्टी हो । रुख छाप नेपालको सार्वभौमसत्ता, नेपालको राष्ट्रियता, नेपाली जनताको हक, हित जर्गेना गर्ने छाप हो त्यो नेपाली जनता र मतदातामा फैलाउनको लागि म सभापति पदमा उम्मेदवारी दिने तयारी गरिरहेको छु ।’

उपसभापति निधीले नेपाली कांग्रेसको दूरदर्शिताका कारण देशमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको उल्लेख गर्दै वर्तमान प्रणाली र संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्ने बताए। आफूहरु संघीयता र संविधानको सफल कार्यान्वयनको पक्षमा रहेको कुरा जनतालाई बुझाउनु आवश्यक रहेको भन्दै उनले १४ औँ महाधिवेशनबाट कांग्रेसलाई ताजा बनाएर वैचारिक रुपमा प्रष्ट र वैचारिक रुपमा प्रतिवद्ध बनाएर लैजानुपर्ने बताउनुभयो । उनले भने – ‘यो संविधानको स्वामित्व नेपाली कांग्रेसले लिनुपर्दछ । नेपाली कांग्रेसको सभापति भएपछि म मतदाता र जनाको विचमा गएर भन्न चाहान्छु, जो संघीय लोकतान्त्रिक गणतन्त्रात्मक प्रणाली देशमा ल्याएका छौँ, त्यो प्रणाली लाबारिस छैन । त्यो जिम्मेवारी हाम्रो हो । यो संविधान लावारिस छैन, यो संविधानको जिम्मेवारी हाम्रो हो । त्यसको सफल सञ्चालन र कार्यान्वयन गर्ने जिम्मेवारी हाम्रो हो । त्यस कारणले अब तपाईहरुले ध्यानमा राख्नुहोला, मतदाता र जनतालाई भन्न सक्नुप¥यो, हामीले भन्छौँ अब भाँडभैलो हुदैनँ । तीन वर्षमा जुन दल सत्तामा आएको थियो, त्यो दल संघीयतामा विश्वास गर्ने दल थिएन । त्यो दल गणतन्त्रमा विश्वास गर्ने दल थिएन । लोकतन्त्र र संसदीय प्रणालीमा विश्वास गर्ने दल थिएन । त्यसैकारणले तिन वर्षमा झण्डै दुई तिहाइको मत प्राप्त गरेर पनि देशमा सबै क्षेत्रमा भाँडभैलोको शिवाय अरु केही पनि दिएन । जनतालाई निराशा दियो । दुख दियो । पीडा दियो । देशको सार्वभौमसत्तासँग खेलवाड ग¥यो । राष्ट्रिय, अन्तर्राष्ट्रिय सम्बन्ध बिगारेको छ । त्यसकारणले यो कुरा अब जनताको बिचमा गएर हामीले भन्नुपरेको छ आगामी चुनावमा । १४ औँ महाधिवेशनबाट हामीले नेपाली कांग्रेसलाई ताजा बनाएर, वैचारिक रुपमा प्रष्टता र वैचारिक रुपमा प्रतिवद्धता आयो भने जनताले हामीलाई भरोसा गर्दछन् ।’

Advertisement

उपसभापति निधीले नेपाली कांग्रेसको नेतृत्वमा क्रमिक रुपमा युवा पुस्ता आउनुपर्ने भन्दै युवा पुस्तालाई नेतृत्वमा ल्याउनका लागि आफूले सहजकर्ताको भूमिका निर्वाह गर्ने बताए । उनले भने – ‘नेपाली कांग्रेसमा र देशमा, संगठनको संरचनामा क्रमिक रुपमा नेतृत्वमा युवा पुस्ता पनि आउनुपरेको छ । म युवा पुस्ता नेपाली कांग्रेसको नेतृत्वमा आउन सकोस् । युवा पुस्ताले देशको नेतृत्व गर्न सकोस् । त्यसको निम्ति म सहजकर्ताको भुमिका निर्वाह गर्नको लागि पनि म सभापतिको पदमा उम्मेदवारी दिन आफूलाई तयार गर्न गएको ।’

उपसभापति निधिले कांग्रेस गुटभन्दा माथि उठ्नुपर्ने जनता तथा कार्यकर्ताको चाहना रहेको बताए । कार्यक्रममा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरुको बाक्लो उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top